२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकभर छ राजमार्ग पूर्ण रुपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने

२०८२, ६ आश्विन सोमबार १३:१४

काठमाडौँ | हाल देशभरका छ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो ।

विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग)मा आज साँझसम्म यातायात सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिनुभयो । “दसैँमा उपत्यका बाहिरिने तथा उपत्यका भित्रिने सर्वसाधारणलाई सहज र सुरक्षित यात्राका लागि सडक सुधारका कार्य धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो ।

पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि सडक सफा गर्नुपर्ने भएकाले आज दिउँसो दुई घण्टा बन्द रहने उहाँले बताउनुभयो । सडक विभागका अनुसार अवरुद्ध भएका राजमार्गमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी रहेका छन् । चिनियाँ भूभागबाट गत साउन १४ गतेको बाढी आएपछि नदीले सडक कटान गरेकाले राजमार्ग अवरुद्ध भएको हो । हाल स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ ।

रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएको विभागको भनाइ छ । वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाव बढेका कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको भन्दै विभागले पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने जनाएको छ ।

चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रुपमा अवरुद्ध छ । विभागले तमोर नदीमा निर्मित रानीपुल बेली गत साउन ६ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको र रेमिट हाइड्रोबाट पुनः ेलिब्रिज निर्माणका लागि पहल भइरहेको जनाएको छ ।

चीनबाट आएको ठूलो बाढीका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागले अवरुद्ध सडक खुलाउन उपकरणहरू परिचालन गरिएको जनाएको छ ।

विभागका अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) र काठमाडाँै–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएका छन् । राजमार्ग सुधार भइरहेको विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप बढिरहेको भन्दै सडक सुधारको कार्य छिटो सम्पन्न गरेर उपत्यका बाहिरबाट फर्किने सवारीसाधनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले देशभर चार लाख स्क्वायर मिटर खाल्टाखुल्टी पुर्नपर्ने र दसैँ लक्षित खाल्टाखुल्टी पुरी सडक सुधारको काम भइरहेको जानकारी दिनुभयो । “यातायातको बढी चाप हुने राजमार्गलाई विशेष प्राथमिकता दिएर सडक सुधारको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण