१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण

६ आश्विन २०८२, सोमबार १५:००

काठमाडौँ | कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ ।

वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रु दुई लाख ६२ हजार वितरण गर्नुभयो । उहाँका अनुसार १४२ ज्येष्ठ नागरिक र अपाङ्गता भएका २० जनालाई जनही रु एक हजार ५०० का दरले रकम वितरण गरिएको हो ।

पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको थियो । उहाँ दोस्रो कार्यकालमा समेत नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

“मैले राज्यबाट सेवा सुविधाबापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु”, वडाध्यक्ष कुवँरले भन्नुभयो, “यसपालि पनि दसैँ मनाउन सहयोग पुगोस् भनेर वृद्ध आमाबुबाहरुलाई रकम वितरण गरेको छु ।” उहाँले लगातार आठ वर्षदेखि आफूले पाएको सुविधाको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको बताउनुभयो । उहाँले आफूले पाउने रु २२ हजार ४७० पारिश्रमिक जम्मा गरेर दसँैका बेला वितरण गर्ने गर्नुभएको छ । वडाध्यक्ष कुँवरले कतिपय ज्येष्ठ नागरिकको औषधि उपचार खर्च समेत आफैले बेहोर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव