१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

६ आश्विन २०८२, सोमबार १५:४३

काठमाडौँ | ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाबिट सडक खण्डको पाडुलेमा ना५ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो । नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उहाँले बताउनुभयो ।

मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका–४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन् । घाइते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढ्थापाले बताउनुभयो । ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मस्र्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव