२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो

२०८२, ९ आश्विन बिहीबार १४:३०

काठमाडौँ | बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ ।

प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् । बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् । आज बिहानैदेखि मौसम अनुकूल रहेकाले धमाधम उडान भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार बुधबार मौसमका कारण केही उडान स्थगित भएकाले आजका लागि निर्धारित उडानमा चाप बढेको छ । उहाँका अनुसार बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाको सबै उडान रद्ध गरिएको थियो । कम्पनीले आज दुईतर्फ १७० उडान निर्धारण गरेको छ भने बुधबार १५० उडान निर्धारित थियो ।

निर्देशक जोशीले दसैँमा यात्रु चापलाई मध्यनजर गर्दै भैरहवा र भरतपुरमा समान दुई उडान थप गरिएको जानकारी दिनुभयो । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले विगत दुई दिनदेखि हवाई उडान चाप बढेको बताउनुभयो । उहाँका अनुसार सडक आवागमन अवरुद्ध हँुदा हवाई उडानमा चाप बढेको छ । आइतबारसम्म यस्तो चाप रहने छ ।

हाल काठमाडौँबाट बाहिरिने यात्रु बढी भएको र काठमाडौँ फर्किने यात्रुको सङ्ख्या कम भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ । श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी ५० हाराहारी उडान गर्दै आएको छ । बुधबारदेखि शुक्रबारसम्म नियमित उडान भएमा आन्तरिकतर्फ उडान व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ ।
हाल समग्रमा आन्तरिकतर्फ दैनिक तीनसय ४० भन्दा बढी उडान भइरहेको छ ।

अन्तरराष्ट्रितर्फ पनि आवागमन बढी रहेको दैनिक दुईतर्फी एकसय १० भन्दा बढी उडान भइरहेको छ । अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरुलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई उडान सहजीकरणका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो । उहाँले हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले हवाई भाडा महँगो भइरहेको भन्दै राज्यकातर्फबाट हवाई भाडा नियन्त्रणका लागि इन्धनलगायतमा सहुलियत दिएर नीतिगत व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँबाट बाहिरिने मुख्य नाका मुग्लिङ–नारायणगढ सडककण्डको तुइनखोलामा पहिरो गएपछि सडक अवरोध हुँदा हवाई उडानमा चाप बढेको हो । विगत तीन÷चार दिनदेखि पटक–पटक पहिरो खसेकाले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ । उक्त क्षेत्रमा यही असोज ७ गते साँझ ठूलो पहिरो खसेर आवागमन अवरुद्ध भएको छ ।

हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन