२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

राष्ट्रिय परिचयपत्रः दुई महिनामा छ हजार बढीको आवेदन

२०८२, १० आश्विन शुक्रबार १४:११

काठमाडौँ | सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् ।

गत साउन र भदौ महिनामा छ हजार ३५० जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

साउनदेखि नै यससम्बन्धी सेवाग्राहीको चाप बढ्न थालेपछि कार्यालयले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई अलग्गै स्टेशन व्यवस्थापन गरी फोटो खिचाइरहेको छ । हाल कार्यालयमा तीन स्टेशनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको हो ।

केही स्थानीय तहले कार्यालयको समन्वयमा वडास्तरमा समेत नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् । जिल्लामा समग्रमा उक्त सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि आवेदनसहित फोटो खिचाएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएकामध्ये एक हजार ५५७ नागरिकले कार्ड लिइसकेका छन् ।

यसैबीच कार्यालयबाट यस अवधिमा एक हजार ३८२ ले नयाँ नागरिकता लिएका छन् भने दुई हजार २१६ जनाले नागरिकताको प्रतिलिपी लिएका जनाइएको छ । दुई महिनाको अवधिमा तीन जनाले नागरिकता परित्याग गरे भने चार जनाको नागरिकता रद्द गरिएको छ । यही अवधिमा राहदानीका लागि दुई हजार ८२६ जनाले आवेदन दर्ता गरेकामध्ये दुई हजार ८७६ जनाले राहदानी प्राप्त गरेका छन् ।

नाबालक परिचयपत्र ११२ जनाले लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले राहदानी, सङ्घ संस्था दर्ता तथा नवीकरण तथा अन्य शीर्षकमा दुई महिनाको अवधिमा रु तीन करोड १६ लाख २६ हजार ३९७ आम्दानी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै