२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वदृष्टि दिवस : नेत्रज्योति संघद्वारा प्रहरीको निःशुल्क आँखा परीक्षण

२३ आश्विन २०८२, बिहीबार १५:३०

काठमाडौँ | विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरिएको हो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसमा नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जाल मार्फत् निःशुल्क आँखा परीक्षण गरिएको जानकारी दिनुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभरमा सञ्चालित २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरुले स्थानीय प्रहरी कार्यालयहरुसंगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् । उहाँले भन्नुभयो, “हामीलाई प्रहरीले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिरहेका छौ । हाम्रो सुरक्षामा खटिने उहाँहरुको दृष्टि सुरक्षित हुँदा हाम्रो पनि सुरक्षा हुन्छ । यसैले यस पटक प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौ ।”’

संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले सर्वजनिक स्थलका सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्नुहुने प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकोले उहाँहरुको आँखाको सुरक्षाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल प्रहरी अग्रभागमा रहेर आम जनतासंग जोडिएको हुन्छ । यदि हामीले उहाँहरुलाई आँखा स्वास्थ्यको महत्व र आवश्यकता राम्रोसंग बुझाउन सक्यो भने त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने भएकाले पनि यो पटकको विश्व दृष्टि दिवसमा हामिले प्रहरी केन्द्रित आँखा जाँच कार्यक्रम संचालन गर्यौ । ”
सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठनले संयुक्त रुपमा मनाउन सुरु गरेका थिए । विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ ।

यस दिवसको उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (संघिय, प्रदेश तथा स्थानीय सरकार, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ । साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस(आइएपिबी) ले संयुक्त रुपमा यो दिवस मनाउन सुरुआत गरेका थिए । यस वर्ष ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु यस्तो छ आजको मौसम पूर्वानुमान