२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वदृष्टि दिवस : नेत्रज्योति संघद्वारा प्रहरीको निःशुल्क आँखा परीक्षण

२०८२, २३ आश्विन बिहीबार १५:३०

काठमाडौँ | विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरिएको हो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसमा नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जाल मार्फत् निःशुल्क आँखा परीक्षण गरिएको जानकारी दिनुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभरमा सञ्चालित २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरुले स्थानीय प्रहरी कार्यालयहरुसंगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् । उहाँले भन्नुभयो, “हामीलाई प्रहरीले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिरहेका छौ । हाम्रो सुरक्षामा खटिने उहाँहरुको दृष्टि सुरक्षित हुँदा हाम्रो पनि सुरक्षा हुन्छ । यसैले यस पटक प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौ ।”’

संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले सर्वजनिक स्थलका सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्नुहुने प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकोले उहाँहरुको आँखाको सुरक्षाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल प्रहरी अग्रभागमा रहेर आम जनतासंग जोडिएको हुन्छ । यदि हामीले उहाँहरुलाई आँखा स्वास्थ्यको महत्व र आवश्यकता राम्रोसंग बुझाउन सक्यो भने त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने भएकाले पनि यो पटकको विश्व दृष्टि दिवसमा हामिले प्रहरी केन्द्रित आँखा जाँच कार्यक्रम संचालन गर्यौ । ”
सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठनले संयुक्त रुपमा मनाउन सुरु गरेका थिए । विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ ।

यस दिवसको उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (संघिय, प्रदेश तथा स्थानीय सरकार, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ । साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस(आइएपिबी) ले संयुक्त रुपमा यो दिवस मनाउन सुरुआत गरेका थिए । यस वर्ष ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन