२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अविरल वर्षापछि महोत्तरीको जनजीवन सामान्य बन्दै

२०८२, २५ आश्विन शनिबार १३:३२

काठमाडौँ | एक साताअघिको अविरल वर्षासँगैको बाढीले डुबानमा पर्दा असहज बनेको यहाँको जनजीवन अब क्रमशः सामान्य हुँदैछ । यसै असोजको १७, १८ र १९ गते परेको पानीले जताततै डुबानमा परेर अस्तव्यस्त पारेको जनजीवन गत सोमबारदेखि थामिएपछि अब क्रमशः सामान्य बन्दै गएको हो ।

डुबानले अत्यधिक प्रभाव पारेको जिल्ला सदरमुकाम जलेश्वरका बस्तीमा अब पानी सुक्दैछ । जिल्लाका सबै (१५ वटै) स्थानीय तहमा कतै कटान र कतै डुबानले जनजीवन अस्तव्यस्त बनाए पनि सबैभन्दा बढी जलेश्वर नगर क्षेत्र प्रभावित बनेको थियो । जिल्लाको शिरानदेखि पुछारसम्म बग्ने रातु नदीको तटबन्ध ठाउँठाउँ भत्किँदा बाढीको पानी जलेश्वर नगरक्षेत्रका बस्तीमा पसेर डुबानमा परेको थियो ।

अहिले पछिल्ला छ दिनयता लगातार घाम लाग्दै आएपछि डुबानमा रहेका ठाउँको पानी बगाउन सकिएको र सुक्दै पनि गएको जलेश्वरका नगर प्रमुख सुरेश साह सोनार बताउनुहुन्छ । यहाँका मुख्य पाँच नदी रातु, मरहा, ओक्सी, बाँके र कुटमेश्वरीको बाढी बस्तीमा पस्दा भारतीय सीमावर्ती बस्ती डुबानले बढी प्रभावित भएका थिए । अन्य ठाउँको डुबानको पानी सुकिसके पनि जलेश्वर नगर क्षेत्रका केही ठाउँमा भने अझै हिलो पानी सुकिसकेको छैन ।

रातु नदीको तटबन्ध बाढीले चार ठाउँ भत्काएको थियो । जलेश्वर मुख्य नगर क्षेत्रका कैयन कार्यालय परिसर डुबानमा परेका थिए । प्रादेशिक अस्पताल जलेश्वर, विद्युत् प्राधिकरण कार्यालय, जलेश्वर नगर कार्यपालिकाको कार्यालय र कारागार लामो समयसम्म डुबानमा रहे । “अहिले अन्य ठाउँको हिलो पानी सुकेपनि कारागारमा भने अझै सुकिसकेको छैन”, नगरप्रमुख सोनार भन्नुहुन्छ, “बजार क्षेत्र र बस्तीभित्रका सडकको पानी भने अब सुकेको छ ।”

डुबानको पानी सुक्दै गएपछि हिँडडुल सहज भएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको सोनारको भनाइ छ । जलेश्वरमा बाढीको बहावमा परेर गत बुधबार एक किशोरको मृत्यु पनि भयो । डुबानले जिल्लाको धानबालीलगायत अन्य फसलमा निकै क्षति गरेको छ । माछा पालेका पोखरीमा बाढी पस्दा रु १० करोड बढीको माछा बगेर नोक्सान भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैगरी, रातु नदीको तटबन्ध भत्किँदा नै रु १५ करोड बढीको क्षति आँकलन गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो । असोज तेस्रो साताको वर्षा र बाढीले जिल्ला सदरमुकाम जलेश्वर नगरसँग बाहिरी सडक सञ्जालको डुबान तथा ठाउँठाउँको कटानले सम्पर्क टुटेको थियो । अब भने जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिबास, जलेश्वर–भिट्ठामोर र जलेश्वर–सम्सीसहितका सडकमा यातायात सञ्चालन भएको छ ।

पछिल्ला पाँच/छ दिन डुबानले बन्द रहेको जलेश्वर मुख्य बजारका पसल अब सञ्चालनमा आएका छन् । दसैँभित्रै बाढी र डुबानले हण्डर खेपेका यहाँका सर्वसाधारण आउँदै गरेको दीपावली र छठ पर्वको तयारीमा जुट्न थालेसँगै बजारमा चहलपहल पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन