२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली

२ कार्तिक २०८२, शनिबार ११:३५

काठमाडौँ | आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ । उहाँ भन्नुहुन्छ, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरीदिन्थे ।”

‘सम्बन्ध जति टाढा उति गाढा’, भनेजस्तै बेल्वासेले दाजु विदेशिएपछि तिहारको महत्त्व झनै मनन गर्नुभयो । कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन् । आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उहाँ सधैँ हार्दिक भाव राख्नुहुन्छ । यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको उहाँले सुनाउनुभयो । विगतमा देउसी र भैलो खेलेर रमाइलो गरे क्षण सँगाल्नुभएको बेल्वासेले भन्नुभयो, “दाइ अर्को वर्ष त आउँछ रे ।”

विदेशिएका भाइको सम्झनामा तीन वर्षदेखि एक्लै तिहार मनाउनुभएकी ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले भिडियो कलबाटै तिहार मनाउनुहुन्छ । डिजिटल माध्यम नभएको भए त झनै गाह्रो हुन्थ्यो । भिडियोमा मज्जाल गफिएर पर्वको आभाव गर्ने अवसरलाई उहाँले सकारात्मक लिनुभएकोछ । तर, उहाँलाई विदेशिएको भाइ आँखै अगाडि देख्न पाए रमाइलो गर्ने थियौँ भन्ने लाग्छ ।

हुनत बेल्वासेका आफन्ती दाजुभाइहरू छन् । जो साथमा छैन उसैको चासो बढी हुनेरहेछ । उहाँ विदेशिएका दाइको निधारमा टीका लगाएर बहिनी र दाजुबीचको आत्मीयता साट्ने क्षणको प्रतीक्षामा हुनुहुन्छ । विगत तीन वर्षदेखि भिडियो कलमा तिहारको बेला मौखिक शुभकामना दिएर तिहार मनाउने गरेको उहाँले बताउनुभयो ।

उहाँजस्तै, परदेशी भाइलाई सधैँ तिहारमा सम्झिन बाध्य हुनुहुन्छ, भक्तपुरकी रोमा भट्टराई । भट्टराईका दुई दाजुभाइ छन् । कान्छो भाइ रोजगारीको सिलसिलामा कतार छन् । घरमै भएका दाजुको निधारमा सप्तरङ्गी टीका लगाउँदा भाइको समेत ख्याल नआउने कुरै भएन । उहाँ प्रत्येक तिहारमा भाइलाई भिडियो कल गर्दै दाजुलाई तिहारमा टीका लगाएको दृश्य देखाउनुहुन्छ । “यस्तो बेला हाँसो र आँशु दुवै छल्किन्छ”, उहाँले भन्नुभयो, “विदेशिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला ? त्यही समयको प्रतीक्षामा छु ।”

कोटेश्वर बस्ने गङ्गा कोइरालाले भने दुई वर्षअघि विदेशिएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको बताउनुहुन्छ । रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन् । उहाँहरूले हरेक तिहारमा बिहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन् । कोइरालाले खाडीमुलुक पुगेका दुई दाजुप्रति माया भाव दर्शाउँदै भन्नुभयो, “उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ ।”

वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ । जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ । विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ ।

उहाँ भन्नुहुन्छ, “वैदेशिक रोजगारले सामाजिक मूल्यमान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ ।” यसलाई उहाँले सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने बताउनुहुन्छ । आर्थिक रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उहाँको बुझाइ छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या आठ लाख ३३ हजार पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाखले बढेको छ । आव २०८०/८१ को तथ्याङ्क हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य