२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

सयपत्री फूलमा रमाइरहेका पोखरेली युवा

२ कार्तिक २०८२, शनिबार १३:३६

काठमाडौँ | पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

उहाँले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाउनुभएको छ । यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन् । आचार्यले तिहारका लागि कर्मा ५५५ जातको सयपत्री फूल लगाउनुभएको छ । उहाँले सुरुमा एक रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरे पनि यसबीचमा सात रोपनी क्षेत्रफलसम्म फूल लगाएको अनुभव सुनाउनुभयो ।

पाँच रोपनी क्षेत्रफलमा फूलको खेती गर्दा करिब रु एक लाख लगानी भएको बताउँदै आचार्यले फूललाई बजारसम्म पु¥याउनसकेमा यसबाट राम्रै आम्दानी हुने विश्वास व्यक्त गर्नुभयो । हार्डवेयर व्यवसाय सञ्चालनसँगै आफूले फूलखेतीलाई पनि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

बागमाराकै अर्का युवा सुदनराज अधिकारीले पनि करिब डेढ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुुभएको छ । व्यावसायिक कृषिका विविध क्षेत्रमा सफल बन्दै आएका उहाँले पनि विगत केही वर्षयता फूलखेती गरिरहनुभएको छ । आफ्नो बारीमा करिब एक हजार २०० बोट सयपत्री फूल झपक्क फुलिसकेको बताउँदै अधिकारीले तिहारअगावै पनि चौरासीको पूजालगायत धार्मिक अनुष्ठानमा फूल बिक्रीसमेत भइसकेको जानकारी दिनुुभयो ।

उहाँले असारको २०/२१ गते कर्मा ५५५ जातको सयपत्री फूल बीउ जमाएर साउनको १०÷११ गतेतिर बिरुवा लगाएको बताउनुुभयो । “बारीमा लगाएको फूल करिब १०५ दिनमा फुलिसकेको छ । यस वर्ष मौषम पनि राम्रो भएका कारण फूलको उत्पादन राम्रो भएको छ, यसबाट राम्रै आम्दानी हुने आशा छ”, आचार्यले भन्नुभयो ।

आचार्य र अधिकारी मात्रै होइन पछिल्लो समय पोखराका विभिन्न स्थानका युवा सयपत्री फूलको व्यावसायिक खेतीमा आकिर्षत भइरहेका छन् । महानगरपालिका र अन्य स्थानीय तहको सहयोगले पनि व्यावसायिक फूलखेतीमा आकर्षण बढाएको हो । पोखरा महानगरपालिका वडा नं ३३ मा व्यावसायिक कृषिमा लाग्ने जो कोहीका लागि वडाका तर्फबाट आवश्यक साथ र सहयोग भइरहेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुुभयो ।

पछिल्ला वर्षमा तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको पोखरा महानगरपालिका कृषि विकाश शाखा प्रमुख मनहर कडरिया बताउनुुहुन्छ । उहाँका अनुुसार विगतमा तिहारका लागि बाहिरबाट फूल आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ ।

पछिल्ला वर्षमा अधिकांश परिवारले घरका लागि आवश्यक फूल आफ्नै बारीमा तयार गर्ने र व्यावसायिक फूलखेती गर्नेको सङ्ख्यासमेत बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो ।

शाखा प्रमुख कडरियाले सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले महानगरपालिकाले विगत तीन वर्षयता फूलको बीउ वितरणलगायत कार्यमा अनुदान सहयोगसमेत गर्दै आएको बताउनुभयो । महानगरले फूलखेतीमा लाग्ने किसानलाई लक्षित गरी फूलको न्यूनतम समर्थन मूल्य तोक्नाका साथै आवश्यक अन्य सहयोग पनि प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“यस वर्ष पोखरामा करिब ३०० रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूलखेती गरिएको छ”, कडरियाले भन्नुभयो, “विगत केही वर्षअघिसम्म तिहारका लागि आवश्यक ८० प्रतिशत फूल बाहिरबाट आउँथ्यो, अचेल यहाँ आवश्यक हुने करिब ८० प्रतिशत फूल स्थानीय उत्पादनले धानिरहेको छ ।”

यस वर्ष तिहारमा करिब रु चार करोडको फूलको कारोबार हुने अनुमान छ । पोखरामा मात्रै तिहारमा तीन लाख माला बिक्री हुने अनुमान गरिएको महानगरले जनाएको छ । यस वर्ष फूलको बिक्री मूल्य प्रतिकिलो रु ३०० देखि रु ४०० तथा प्रतिमाला रु १०० देखि १५० सम्म निर्धारण गरिएको छ ।

यस्तै, प्रतिथुङ्गा १५ देखि २० ग्रामको रु पाँच, १० देखि १५ ग्रामको रु चार र पाँचदेखि १० ग्रामको रु दुई बिक्री मूल्य निर्धारण गरिएको छ । उत्पादकलाई बिक्रीमा सहजता ल्याउने उद्देश्यले महानगरपालिकाले पोखराका विभिन्न २५ ठाउँमा बिक्रीवितरण केन्द्रसमेत निर्धारण गरेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)कास्कीका अध्यक्ष राम सुवेदीले पछिल्ला वर्षमा पोखरामा बाहिरबाट आउने गरेको फूलको आयात घटेको जानकारी दिनुुभयो । महानगरपालिबाट तीन वर्षयता अनुदानका फूलको बीउ वितरणसँगै बजारीकरणमा पनि सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो । “पोखरामा स्थानीय उत्पादनले पुग्ने भएकाले यहाँको उत्पादनलाई प्राथमिकता दिँदै व्यवसायलाई प्रोत्साहित गर्न आवश्यक छ”, अध्यक्ष सुवेदीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य