२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

१५ कार्तिक २०८२, शुक्रबार १६:२५

काठमाडौँ | बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि सरोकारवालाले यसले हिमालको सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन् ।

जलवायु परिवर्तनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुँदै गर्दा चिन्ता र चासो व्यक्त गर्ने हिमालवासीहरु हिमपातपछि भने यसबाट हिमालमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए ।

मुख्य पर्यटकीय याममा परेको हिउँले तत्कालका लागि पर्यटक व्यवस्थापन तथा उद्धारमा समस्या भए पनि दीर्घकालीन रुपमा भने यो सकारात्मक भएको उनीहरुको भनाइ छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जेन शेर्पाले हिउँ परेपछि अहिले हिमाल बल्ल हिमाल जस्तो देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । “गत वर्ष यो समयमा हिउँ नै परेन, यसपाली अक्टोबरमै हिउँ परेको छ, हिउँ परेपछि हिमाल हेर्न लायक भएका छन्, हिमालमा हिउँ देख्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लनेक्रम बढेको थियो, हिमपातले हिमाललाई राम्रो गरेको छ ।”

उहाँले आफूहरु सानो छँदा प्रशस्त हिउँ पर्ने गरेको भए पनि विगतका वर्षमा मङ्सिर, पुस र माघसम्म पनि हिउँ पर्न छाडेको उल्लेख गर्नुभयो । “हिमालमा हिउँ पर्न थालेपछि नदीमा पानीको बहाव बढ्छ, यसले जलविद्युत् आयोजनलाई पनि सहज हुन्छ, हिउँ नपर्दा हिमनदीमा पानीको सतह कम थियो”, उहाँले भन्नुभयो ।

अध्यक्ष शेर्पाले हिमपातले हिमाली क्षेत्रमा रहेका टे«किङ गाइड र आरोही, पदयात्री केही असहज भएको उल्लेख गर्नुभयो । “अहिले हिमाली क्षेत्रमा हवाई उडान ठप्प भएको छ, पर्यटकहरु रोकिएको अवस्था छ, पर्यटनका दृष्टिले तत्कालका लागि असहज भए पनि दीर्घकालका लागि भने यसको सकारात्मक प्रभाव पर्नेछ”, उहाँले भन्नुभयो ।

उहाँले यो हिमपातले कृषि क्षेत्र, चाँैरी र भेडापालनमा खासै असर नगर्ने बताउनुभयो । हिउँ पर्न सुरु भएसँगै चौँरी र भेडालाई सुरक्षित स्थानमा राखिएकाले समस्या नहुने उहाँको भनाइ छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुम्जुङ खुन्दे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले अहिले तेङबुचेभन्दा माथि हिउँ परेको बताउनुभयो ।

“हामी सानो छँदा दसैँपछि पानी पर्दथ्यो, दसैँमा भएको काटमार त्यसपछि परेको पानीले पखाल्छ भन्ने मान्यता थियो, यो समयमा परेको हिउँले गाईबस्तुमा खासै असर गर्दैन, हिमाललाई राम्रो भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो याम पर्यटक आउने समय हो । अधिकांश पर्यटकहरु पदयात्राका लागि उक्त क्षेत्रमा आउँछन् । “यहाँ ९५ प्रतिशत बासिन्दा पर्यटन व्यवसायमा आश्रित छन्, अहिलेको हिमपात यहाँको पर्यटन क्षेत्रको विकासका लागि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “नाम्चेमा दैनिक औसतमा ५०० पर्यटक आउने समय हो, तत्काल व्यवसायमा असर परेपनि हिमाल सेताम्मे देख्दा खुसी लागेको छ ।” उहाँका अनुसार अहिले सुरु भएको हिमपात नोभेम्बर १५ सम्म चल्छ ।

नाम्चे बजारका होटल व्यवसायी पेम्बा ग्याल्जेन शेर्पाले पनि हिमपातपछि हवाई उडान प्रभावित भएको बताउनुभयो । “यहाँ आउने पर्यटक प्रभावित भएका छन्, यद्यपि नाम्चे बजारमा भने समस्या छैन, बेमौसमी हिउँ पर्दा पर्यटनका लागि राम्रो भएका छ”, उहाँले भन्नुभयो ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरको विषय उठान भइरहेका बेलामा हिमाल हिउँले ढकमक्क हुँदा सौन्दर्य बढेको उहाँको भनाइ छ । “यो हिमपातले कृषि र पशुपालनमा पनि राम्रो गर्छ, पर्यटन क्षेत्रका लागि पनि राम्रो छ, समयमै सतर्कता अपनाइएकाले सबैजना सुरक्षित हुनुहुन्छ, होटल भरिभराउ छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य