२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण

२२ कार्तिक २०८२, शुक्रबार १५:१०
काठमाडौँ | काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी, गायत्री मार्गस्थित ब्रह्मा मन्दिर उत्खनन् पश्चात पुनर्निमाण गरी आज उद्घाटन गरिएको छ ।
सो मन्दिरको आज महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गर्नुभएको हो । उपप्रमुख सुनिता डङ्गोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृति, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापित गर्न योगदान पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ ।”
यो मन्दिर हराएकै १०० वर्षभन्दा धेरै भएको थियो । कामपा–८ का वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर उत्खनन गरी यसको प्राचीनताको अध्ययन गरिएको थियो । सङ्गतले भन्नुभयो, “अध्ययनबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुद्वारा मन्दिरको रेखाङ्कन गराएर पुनर्निर्माण गरिएको हो ।”
प्रहरीको संरक्षणमा रहेको मन्दिरभित्र रहेको चतुर्मुख ब्रह्माको मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार यही कात्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गरिएको थियो ।
वास्तुविद गौरव श्रेष्ठका अनुसार रु एक करोड १२ लाख ४५ हजार लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । सडकबाट पाँच फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इँटा र काठको प्रयोगबाट पुनर्निर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुईतले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा तीन फिटको गजुर राखिएको छ । उक्त मन्दिर निर्माणका लागि  २०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो ।
संस्कृतिविद् मुकुन्दराज वैद्यका अनुसार ब्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनःस्थापना गराउन मद्दतसमेत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन