2026-09-18 04:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण

काठमाडौँ | पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई आवागमनमा रोक लगाएर सिँढी बनाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले पुल निर्माण सकिएपछि सिँढी बनाउन थालेको हो ।

महानगरपालिका सम्पदा तथा पर्यटन समितिको संयोजकसमेत रहनुभएका कामपा–८ का वडाध्यक्ष आशामान संगतले निर्माणका क्रममा सवारी सञ्चालन हुँदा समस्या भएपछि सिँढी निर्माण गर्न लागिएको बताउनुभयो । “यो अस्थायी संरचना हो । स्थायी सिँढी बनाएर सवारी साधन रोक्नुपरेमा सरोकार भएका सबैसँग छलफल गरी अघि बढ्ने छौँ”, उहाँले भन्नुभयो ।

सिँढी निर्माणस्थलमा भेटिनुभएका भक्तजन जयराम सापकोटाले यसले गर्दा अशक्त तथा ज्येष्ठ नागरिकलाई गुह्येश्वरी मन्दिर दर्शन गर्न अप्ठ्यारो हुने धारणा राख्नुभयो । करिब एक वर्षअघि पुल जीर्ण भएर बनाउन सुरु गरिएकामा लामो समय आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै रोकिएको थियो ।

पुरातत्व विभागले दिएको निर्देशनअनुसार प्राचीन निर्माण सामग्री प्रयोग गरेर पुल बनाउन महानगरपालिका सहमत भएपछि गत असोजमा पुलको बाहिरी स्वरुप निर्माण सम्पन्न भएको हो । पुललाई स्थायी बनाउन अझै काम बाँकी भएकाले सिँढी बनाएर सवारी आवागमन रोकिएको वडा कार्यालयले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनःनिर्माण सुरु गरेपछि विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो । महानगर पुरानै स्वरुपमा पुल बनाउन सहमत भएपछि पुनः काम सुरु भएको हो ।

यसैबीच, पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँट्टाको संरक्षण नहुँदा चोरी भएको स्थानीयवासीले बताएका छन् । सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँट्टा भेटिए पनि पछि त्यहाँ नभेटिएका स्थानीय अर्जुन लामिछानेले जानकारी दिनुभयो । ऐतिहासिक एवं पुरातात्विक महत्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उहाँको माग छ ।

आगामी दिनमा धार्मिक तथा सांस्कृतिक आस्थाका क्षेत्र, विश्व सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । चोरी भएका पुरातात्विक सामग्रीको खोजी गरी राखिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया