2026-09-13 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत

काठमाडौँ | सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा आज धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरिएको हो ।

उद्धार अभ्यासमा दुर्घटनापछि जनधनको क्षति न्यूनीकरणका लागि गरिने नमुना उद्धार अभ्यास प्रस्तुत गरिएको थियो । त्यस्तै सडक दुर्घटनामा प्रहरीसहित सबै सुरक्षा निकायको भूमिका, घाइतेको उद्धार, ट्राफिक व्यवस्थापनलगायतको नमुना अभ्याससमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सडक दुर्घटना दिनानुदिन चुनौतीको विषय बन्दै गएको उल्लेख गर्दै यस्ता नमुना अभ्यास कार्यक्रम महत्वपूर्ण र समसामयिक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमको अझै व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्छ, सडक दुर्घटना भइसकेपछि होसियारी अपनाउनुपर्ने कुरा तथा सबै सुरक्षा निकायको भूमिका स्पष्ट हुनुपर्ने हुन्छ, जुन यहाँ देखिएको छ ।” यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले यस्ता कार्यक्रमले सडक दुर्घटनापछि उद्धारलाई अझ चुस्त र प्रभावकारी बनाउन सहज हुने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितले सडक दुर्घटनामा सशस्त्र प्रहरी पनि खटिँदै आएको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर कृत्रिम उद्धार अभ्यास गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक तथा मानवीय त्रुटिले दुर्घटना भइरहेका हुन्छन्, दुर्घटनापछि कसरी क्षति कम गर्न सकिन्छ भनेर पूर्वअभ्यास गरेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले