२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका रेखा थापाको कार दुर्घटना

२०७४, २५ आश्विन बुधबार ०९:०९

असोज २५, काठमाडौं । नायिका रेखा थापाको कार दुर्घटना भएको छ । 

बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो । 

नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।


दिउँसो करीब सवा १२ बजेतिर कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । ट्रकले ठक्कर दिँदा कारको पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको छ ।  

रेखाले आफू सकुशल रहेको बताएकी छिन् । दुर्घटना पश्चात रेखा र ट्रक चालकलाई गौशला प्रहरी वृत्त लगिएको थियो । प्राप्त जानकारी अनुसार, टीभी फिल्मीमा अन्तर्वाता दिएर मित्र पार्कमा रहेको अम्बे अर्पाटमेन्ट फर्किँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको हो । 

रेखा आफैँले कार हाँकेकी थिइन् । ट्रिपर चालक र नायिका थापा गौशला प्रहरीमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता