१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तीन लाख नगद र गहनासहित श्रीमती फरार भएपछि…

२६ आश्विन २०७४, बिहीबार ०३:१२

असोज २६, कपिलवस्तु । यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । 

अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् । 

बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७: ०० बजेदेखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले जानकारी दिनुभयो । 

म बिरामी भएको मौका छोपी रु तीन लाख नगद रकमसहित आफूले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “यस्तो समान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पनासमेत गरेको थिइन ।” डेढ वर्षदेखि इमिलियामा भाडामा बस्दै आउनुभएका उहाँका श्रीमान्ले आफ्नै गाडी चलाउने काम गर्नुहुन्छ । उहाँको एउटा नौ वर्षीय छोरा छ । पहिले पनि घरमा सामान्य विवाद हुने गरेको श्रीमानले बताउनुभयो । 

आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताउनुभयो । सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई आग्रह गर्नुभएको छ । 

घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन