२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तीन लाख नगद र गहनासहित श्रीमती फरार भएपछि…

२०७४, २६ आश्विन बिहीबार ०३:१२

असोज २६, कपिलवस्तु । यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । 

अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् । 

बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७: ०० बजेदेखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले जानकारी दिनुभयो । 

म बिरामी भएको मौका छोपी रु तीन लाख नगद रकमसहित आफूले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “यस्तो समान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पनासमेत गरेको थिइन ।” डेढ वर्षदेखि इमिलियामा भाडामा बस्दै आउनुभएका उहाँका श्रीमान्ले आफ्नै गाडी चलाउने काम गर्नुहुन्छ । उहाँको एउटा नौ वर्षीय छोरा छ । पहिले पनि घरमा सामान्य विवाद हुने गरेको श्रीमानले बताउनुभयो । 

आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताउनुभयो । सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई आग्रह गर्नुभएको छ । 

घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता