२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विवाह लगत्तै बेहुला बेपत्ता, बेहुलीलाई तनाव

२०७४, २८ आश्विन शनिबार ०७:२७

प्रेम सुनार | असोज २८, गुल्मी | अर्घाखाँचीको पँडेनी गाउँपालिकामा विवाह भएको एक साता नवित्दै बेहुला बेपत्ता भएका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाटै बेपत्ता भएका हुन् ।

उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ व्र्षिया विष्णु घिमिरे संग असोज १६ गते दशै टिकाको तेश्रो दिन विवाह गरेका थिए । जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थाई शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।

आज  यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको  उनका दाजु  रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’–भट्टराईले भने–‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईराला संग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न  नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए ।

वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको  एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिन पछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् ।

त्यहाँबाट अलि माथी सम्म हिडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यस अघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् ।

सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाए पछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ ।

उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो , त्यस पछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन्–‘ आफुहरु विच विवाहको दिन देखि निकै सुमधुर सम्वन्ध थियो ।’

के भन्नु हुन्थ्यो उहाँले ? भन्ने प्रश्नमा उनले भनिन्–‘तिहारको भाईटिकासम्म नवलपरासी विद्यालयमा जान्न । टिकाको अर्का दिन कार्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नु भएको थियो ’उनले थपिन मैले त केहि अनुमान र्नै गर्न सकेकी छैन् ।’

यस घटनालाई परिवारका सदस्यहरुले निकै रहस्यम रुपमा लिएका छन् । केहि अनुमान नै गर्न नसकिएको परिवारको सवै सदस्यहरुको भनाई छ । उनका आमा वुवा र भाई वहिनीहरुमा रुवावासी छ ।  नव दुलही  विच एक महिना अघि देखि चिनजान भएको थियो ।

विष्णुल भनिन्–‘एक महिना अघि मात्र उहाँ संग चिनजान भएको थियो , त्यस अघि मैले उहाँलाई देखेको पनि थिईन्  अँस्ती आफन्तले मागेर विवाह भएको हो । ’ स्नातक सम्म अध्यान गरेकी घिमिरे स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ति समेत भईकी थिईन् ।

बेपत्ता शिक्षक भट्टराईलाई कुनै विमार नभएको , साथमा पैसा पनि धेरै नभएको र कसै संग दुश्मनी पनि नरहेको उनका दाजुले बताए । परिवारमा आसंकको अर्को पाटो कसैले अपहरण गर्यो कि ? भन्ने छ ।

परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम ,  प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् । नव दुलही घिमिरे तनाव-ग्रस्त हुँदै आज  माईती घर पुगेकी छिन् ।

माथिको तश्विरमा: विवाहको दिन तस्वीरमा उनै बेहुला-बेहुली | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु