१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सासूलाई बचाउन खोज्दा बुहारी पनि मारिइन्

२९ आश्विन २०७४, आईतवार १३:३३

असोज २९, पर्सा | वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ । 


वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो । 

घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँले दीपावलीका लागि घर सरसफाइ गर्नेक्रममा चापाकलमा पानी लिन गएकी कान्ति देवीले मोटर चलिरहेका बेला चापाकल चलाउँदा करेन्ट लागेर उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवी समेतलाई करेन्ट लागेको बताउनुभयो । 

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगञ्जको भेडियाहीस्थित नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवैजनाको मृत्यु भएको नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । मृतक दुवैको शवपरीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन