२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सासूलाई बचाउन खोज्दा बुहारी पनि मारिइन्

२०७४, २९ आश्विन आईतवार १३:३३

असोज २९, पर्सा | वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ । 


वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो । 

घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँले दीपावलीका लागि घर सरसफाइ गर्नेक्रममा चापाकलमा पानी लिन गएकी कान्ति देवीले मोटर चलिरहेका बेला चापाकल चलाउँदा करेन्ट लागेर उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवी समेतलाई करेन्ट लागेको बताउनुभयो । 

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगञ्जको भेडियाहीस्थित नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवैजनाको मृत्यु भएको नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । मृतक दुवैको शवपरीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने