१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षकसहित सातको मृत्यु

९ मंसिर २०७४, शनिबार ०५:२२

मङ्सिर ९, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ । 

रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । 

दुर्घटनामा परेर मृत्यु हुनेमा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उहाँका बुबा शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्ल रहेका छन् । 


मृतक नविन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान दुबै जना प्रहरी निरीक्षक हुन् । नवीन र अनिताको तीन दिनअघि मात्र विवाह भएको थियो । बिहे सकेर काममा फर्किदै गर्दा जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका जिप चालक दाङ घर भएका प्रेम रजौरिया, सहचालक रुकुम काँफिकोट गाउँपालिका–७ का प्रेम केसी र बर्दियाका टेकबहादुर खत्रीलाई जिल्ला अस्पताल सल्लेबाट थप उपचारका लागि नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । 

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । मृतक सबैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । 

अस्पताल परिसरमा आफन्तको भीड लागेको छ । प्रहरी निरीक्षक नवीनको आमाबुबा इटहरीबाट आएपछि मात्र शव परीक्षण गरिने भएकाले केही ढिला भएको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण