मंसिर १३, काठमाडौं । चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १५ जनाको उद्दार गरिएको छ ।
काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
लु २ख २९१ नम्बरको बस बिहान ९: १५ बजे त्रिशूलीमा नदीमा खसेको हो । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनालगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धार कार्यमा जुटेका छन् ।