१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डीआईजी, एआईजीको डर देखाउंदै म्यादी प्रहरीको जागिर खाइदिने असईको धम्की

१३ मंसिर २०७४, बुधबार १०:५१

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङको लामिडाँडा गाउँपालिका–४ डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् । 

असई अधिकारीले म्यादी प्रहरीलाई गरेको भेदभाव सञ्चारकर्मीले थाहा पाएपछि उनीहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका हुन् । म्यादी प्रहरीमाथि भेदभाव गरेको समाचार पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेपछि असई अधिकारीले सबै म्यादी प्रहरीलाई ‘सेटअप पोजिसन’ मा राखेर कसले पत्रकारलाई जानकारी गराएको हो भन्दै निकैबेर केरकार गरेका थिए ।

सोही प्रहरी चौकीमा रहेका ४८ वर्षीया म्यादी प्रहरी देवीमाया आचार्यलाई असई अधिकारीले बिदा दिएर घर पठाइसकेका छन् । सो विषयमा प्रश्न गर्दा उनले प्रश्नकर्ता म्यादी प्रहरीलाई समेत धम्क्याएका थिए ।   

असई अधिकारीले डुम्रेधारापानी प्रहरी चौकीमा रहेका म्यादी प्रहरीमाथि भेदभाव गर्दै आएका छन् । उनले पुरुष म्यादी प्रहरीलाई रातिको ड्युटीमा खटाए पनि महिला म्यादी प्रहरीलाई बेलुका आठ बजेअघिको सजिलो ड्युटीमा खटाउने गरेका छन् ।

महिला म्यादी प्रहरीलाई खाना पकाउने काममा लगाएका उनले कतिपयलाई निःशुल्क खाना खुवाउने गरेका छन् । तर, पुरुष म्यादी प्रहरीलाई भने प्रति छाक ८० रुपैयाँ लिने गरेका छन् । ‘कसैलाई निःशुल्क खाना खुवाइन्छ, कसैलाई प्रति छाक ८० रुपैयाँ लिइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा डुम्रेधारापानी प्रहरी चौकीमा रहेका एक म्यादी प्रहरीले भने, ‘नुनथला, जाल्पा र ऐंसेलुखर्कमा रहेका हाम्रा साथीहरुलाई प्रति छाक ५० रुपैयाँमा खाना खुवाइँदोरहेछ । यहाँ भने मनपरी असुलिएको छ  ।’

महँगो खानाबारे जिज्ञासा राख्दा असई अधिकारीले भने, ‘२,२०० रुपैयाँ बोरा पर्ने चामलको भात खुवाएको छु । महँगो प¥यो भन्नेलाई होटलमा खान सक्छौ भनेको छु ।’ 

खाना मात्रै होइन, म्यादी प्रहरीलाई सुत्ने समस्या पनि त्यत्तिकै चर्को छ । उनीहरुमध्ये कतिपयलाई हिरासत, कसैलाई हुलाक त कतिपयलाई साबिक गाविसको सानो कोठामा कोचीकोची सुताउने गरिएको छ । नाम उल्लेख नगर्न अनुरोध गर्दै अर्का म्यादी प्रहरीले दुःखेसो पोखे, ‘लेकको ठाउँ । मंसिरको जाडो । यस्तो अवस्थामा पनि एकसरो ओढ्ने, ओछ्याउने नहुँदा राम्ररी निदाउन सकिएको छैन । कतिन्जेल यसरी ड्युटी गर्ने होला ।’

असई अधिकारीका अनुसार, डुम्रेधारापानी प्रहरी चौकीमा दुई कोठा छन् । दुई कोठामा ६ वटा पलङ छन् । त्यति पलङमा नअट्ने भएकाले विभिन्न ठाउँमा सुत्ने व्यवस्था मिलाइएको खस्रो आवाजमा जवाफ दिए । 

भेदभाव गरिएपछि असई हेमबहादुर अधिकारी र म्यादी प्रहरीबीच मंसिर ११ गते राति भनाभन भएको स्थानीयले जानकारी गराए । सोही विषय सञ्चारकर्मीलाई जानकारी गराएपछि असई अधिकारी केही हच्केका थिए । असईसँग टेलिफोनमा कुराकानी सक्ना साथ सिपाही कैलाश खड्काले ९८१७००५४४० नम्बरबाट पंक्तिकारलाई टेलिफोन गरेका थिए । 

असई अधिकारीले म्यादी प्रहरीलाई आइन्दा त्यसो नगर्न सुझाए छन् । ‘पत्रकार सत्रकारले के गर्छन् ? पत्रकार हुन् कि मानवअधिकारवादी मलाई के मतलब,’ असई अधिकारीले म्यादी प्रहरीलाई तर्साउँदै भनेका थिए, ‘हाम्रो पनि डीआईजी, एआईजीसँग संगत छ ।’  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण