२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा चुनाव प्रचारमा गएका ठकुरी एक सातादेखि व्यपत्ता

१८ मंसिर २०७४, सोमबार १२:०७

टेक शाही/मङ्सिर १८, डोल्पा । माथिल्लो डोल्पामा चुनाव प्रचार प्रशारमा गएका एक जना एक सातादेखि ब्यपत्ता भएका छन । 

मँसिर १० मा भएको निर्वाचनका बेलामा माथिल्लो डोल्पा गठबन्धनको प्रचारमा गएका त्रिपूरा सुन्दरी नगरपालिका वडा ५ का हरि बम ठकुरि ब्यपत्ता भएका हुन । अन्दाजी बर्ष ४५ का ठकुरि मँसिर ११ गते शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथिहरुसँग सम्पर्क बिहिन भएका थिए ।

 ११ गते बुलका शे–गुम्बामा फरक–फरक स्थानमा बसेको १२ गते बिहान देखि कतै पनि सम्पर्क नभएको सँगै प्रचारमा हिडेका जगदुल्ला गाँउपालिका ५ का बिष्ण बहादुर बि.क.ले जानकारि दिए । उनका अनुसार ठकुरि गुम्बामा प्ुजारिको थिए आफु चौरि गोठमा आफन्तकोमा बसे बिहान जाम भन्दा पुजारिले आफुलाइ पनि जानकारि नदिएर हिडेको बताए । 

सँगै प्रचारमा गएको साथि दिन भर शे–फोक्सुण्डो पुग्दा सम्म पनि सम्पर्कमा नआए पछि  शे–गुम्बातिर पनि खावर गरेको र जिल्ला पार्टिलाइ पनि जानकारि गराएको बिष्ण बहादुर बि.क.ले जानकारि दिए । उनले भने बेलुका फरक फरक बसे पनि बिहान सँगै जाने कुरा ११ गते बेलुका भएको भए पनि १२ गते बिहान देखि सम्पर्क नभएको बताए । 


समयमा जिल्लाको पार्टि मार्फत आफन्तलाइ जानकारि गराएको र आज सातौँ दिन बल्ला माओबादि केन्द्रको पहलमा पार्टिका २ जना र आफन्त २ जना गरि ४ जना शे–गुम्बातिर खोजिमा गएको ठकुरिका आफन्त पौरखले जानकारि दिए । उनले भने जिवीत पाउने आसा त छैन तर पनि लास नै भए पनि आफन्तले चित्त बुझाउने बताए । ब्यपत्ता रहेका हरि बम ठकुरिका छोराछोरि भने छैनन श्रीमति मात्र छिन । 

 मँसिर १० मा भएको निर्वाचनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र न २ को शे–फोक्सुण्डो गाँउपालिकामा प्रचारमा गएका हरि बम ठकुरिको घटनाको बिषयमा कुनै पनि जानकारि नभएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रमूख प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । उनले भने एकै पटक स्थानिय मिडियाले बाहिर ल्याए पछि मात्र आफुले थाहा पाएकोले घटनाको अन्य कुनै जानकारि नभएको शर्माले बताए । 

अन्दाजी ४६ बर्षका ठकुरि माथिल्लो डोल्पाको ५६ सय मिटर भन्दा उच्च हिमाली क्षेत्रमा प्रचारमा गएका थिए । शे गुम्बाट एक्लै बिहन हिडेको र बिचामा खाने कुरा नपाएर चिसोले मृत्यू नै भएको हुन सक्ने आँसका प्रचारमा गएकाहरुले बताउछन । प्रचारमा गएकाले पनि आउने बाटोबाट कतै पनि फेला नपरेको र अन्य बटुवाले पनि फेला नपारेको सुनाए पछि उनि ब्यपत्ता भएको भन्ने माथिल्लो डोल्पा गएका टोलीले बताउछन । 

गठबन्धनलाइ जिताउन भन्दै प्रचारमा गएका ठकुरी माओबादि केन्द्रका कार्यकर्ता हुन । चुनावी प्रचार प्रशार गर्ने र निर्वाचनका दिन पार्टिको तर्फबाट मतदानमा केन्द्रमा एजेन्ट बस्ने भनेर माओबादि केन्द्रका १२ जना ,एमालेका १४ जना र नेपाली काग्रेसका १० जना गरि तिन दर्जन कार्यकर्ता माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिका पुगेका थिए । निर्वाचन आयोगले एजेन्टको लागि सम्बन्धीत मतदान केन्द्रको मतदाता हुनु पर्ने भने पछि उनिहरु सदरमुकाम फकिएदै गर्दा ठकुरि ब्यपत्ता भएका हुन । हरि बम ठकुरिलाइ जिवीतै पाउने आसा भने परिवारले मारेको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य