१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली बम आतंकले प्रहरी हैरान

२० मंसिर २०७४, बुधबार ०९:१७

मङ्सिर २०, चितवन । निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । 

बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सबै नक्कली मात्रै भेटिएका छन् ।” 

उहाँका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही बारुद रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाइएको छ । चितवन प्रहरीले शान्तिसुरक्षा चुस्त रहेकाले ढुक्क भएर निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताउनुभयो । 

मुख्यगरी नेकपाका कार्यकर्ताले तर्साउने गरेको यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको छ । अहिलेसम्म करिब एक दर्जन ठाउँमा यस्ता शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 

तीमध्ये केही ठाउँमा मात्रै बारुदसहित राखिएको भए पनि अन्य ठाउँमा नक्कली (होक्स बम) पाइएको छ । अन्य क्षेत्रमा कहीँ घरकै सिलिण्डर लगेर जलाइएको, कहीँ माटो, ढुंगा भरेर राखिएको तथा बम जस्तो बनाएर बेरेर राखिएको मात्रै पाइएको प्रहरीको भनाइ छ । 

यस्ता गतिविधि राप्ती नगरपालिकामा दुई स्थान, खैरहनीमा दुई स्थान एवं रत्ननगर र कालिका नगरपालिकामा एवं माडी तथा भरतपुर क्षेत्रमा पाइएको प्रहरीले जनाएको छ । ३,४ स्थानमा घरबाटै सिलिण्डर लगेर आगो लगाएको भन्दै उहाँले सिलिण्डरमा आगो लगाएपछि पड्किनु स्वभाविक भएको भन्दै त्यहीँ पनि खुला क्षेत्रमा देखिएको बताउनुभयो । 

प्रहरीको विशेष टोलीले अहिलेसम्म शंकास्पद २०० स्थानमा खोजी गरेको केही ठाउँबाट सामान्य विस्फोटक पदार्थ र त्यसमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको छ । अहिलेसम्म यस्ता गतिविधि गर्ने २६ जनासहित आपराधिक क्रियाकलापमा लाग्ने ४६ जना नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण