२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने विद्यार्थी पक्राउ

२०७४, २८ मंसिर बिहीबार ११:२४

मङ्सिर काठमाडौँ ।  फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक बिद्यार्थी पक्राउ परेका छन् ।

फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपतिलाई अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालको स्टाटस राख्ने कार्यमा संलग्न रही फरार रहेका बनियाँलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।


उनले पक्राउ गरिएका बानियाँलाई विद्युतीय करोबार ऐन अन्र्तगत मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए । 

सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

यता बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ । नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ ।

विद्यार्थी बानियाँलाई तत्काल रिहाई नगरे सशक्त आन्दोलन गर्ने नेविसंघ त्रिचन्द्र कलेज एकाई सदस्य सहदेव खत्रीले चेतावनी दिए । पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै