मङ्सिर २८, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत कुल ११० समानुपातिक सिटको लागि अहिलेसम्म देशभरीको झन्डै ८५% मत गणना भईसकेको छ | हालसम्मको मतको आधारलाई हेर्दा समानुपातिकमा ५ दलले मात्र थ्रेसहोल्ड कटाउने देखिएको छ | अब लगभग १८ लाखको हाराहारीमा मतगणना बाँकी छँदा कुन दलले कति मत पाए तल हेर्नुहोस् |
समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा) अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् | समानुपातिक सुत्र अनुसार कुल मतको ३% मत पाउनेले मात्र समानुपातिकमा सिट पाउन सक्ने ब्यस्वस्था छ | एस अनुरुप नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राजपाले मात्र थ्रेस होल्ड कटाएको अवस्था छ |
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2860863
२. नेपाली काँग्रेस: 2780605
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1147681
४. संघीय समाजवादी फोरम, नेपाल: 409059
५. राष्ट्रिय जनता पार्टी नेपाल: 362616
१. विवेकशील साझा पार्टी: 192313
२. राष्ट्रिय प्रजातन्त्र पार्टी: 185851
३. नयाँ शक्ति पार्टी, नेपाल: 73982
४. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 70366
५. नेपाल मजदुर किसान पार्टी: 52045
अन्य: 309032
समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।
निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।
अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।
यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।
अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।