२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

(साँझ ६:३० को अपडेट) समानुपातिकमा राप्रपाभन्दा विवेकशील अगाडी, कुन-कुन दलले कति मत पाए ?

२०७४, २८ मंसिर बिहीबार १२:५३

मङ्सिर २८, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत कुल ११० समानुपातिक सिटको लागि अहिलेसम्म देशभरीको झन्डै ८५% मत गणना भईसकेको छ | हालसम्मको मतको आधारलाई हेर्दा समानुपातिकमा ५ दलले मात्र थ्रेसहोल्ड कटाउने देखिएको छ | अब लगभग १८ लाखको हाराहारीमा मतगणना बाँकी छँदा कुन दलले कति मत पाए तल हेर्नुहोस् |  

समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा) अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् | समानुपातिक सुत्र अनुसार कुल मतको ३% मत पाउनेले मात्र समानुपातिकमा सिट पाउन सक्ने ब्यस्वस्था छ | एस अनुरुप नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राजपाले मात्र थ्रेस होल्ड कटाएको अवस्था छ | 

थ्रेसहोल्ड कटाई सिट प्राप्त गर्ने पक्का भएका दलहरु र तिनले पाएको मत: 

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2860863

२. नेपाली काँग्रेस: 2780605

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1147681

४. संघीय समाजवादी फोरम, नेपाल: 409059

५. राष्ट्रिय जनता पार्टी नेपाल: 362616

अहिलेसम्मको स्थितिमा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिक सांसद नपाउने अवस्थामा रहेका दलहरु: 

१. विवेकशील साझा पार्टी: 192313

२. राष्ट्रिय प्रजातन्त्र पार्टी: 185851

३. नयाँ शक्ति पार्टी, नेपाल: 73982

४. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 70366

५. नेपाल मजदुर किसान पार्टी: 52045

अन्य: 309032

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै