१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

३ पुष २०७४, सोमबार ०७:४३

पुस ३, डोल्पा । एक सातादेखि नेपालगञ्जमा हिउँदे मौसम शुरु भएस“गै बाक्लो हुस्सु लाग्न शुरु गरेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान अनियमित भएका छन् । 

नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्जदेखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । 

एकसाताअघिसम्म तारा, सम्मिट, मकालुलगायतका सबै एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए, आजभोलि एयरलाइन्सहरुले उडान घटाएका छन् नागरिक उड्डयन प्राधिकरण जुफाल विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जुफाल विमानस्थलमा बिहानको समयमा मात्र उडान हुने र दिउँसो हावा बढ्ने भएकाले उडान नहुने भएकाले नेपालगञ्जमा बिहानको समयमा मौसममा खराबी आइदिनाले सबै एयरलाइन्सले भर्ने उडान घटेको हो ।” 

नेपालगञ्जको मौसममा सुधार भएपछि मात्र दिनमा एकदेखि दुईवटा मात्र उडान हुने र कहिलेकाहीँ एउटा पनि उडान नहुने उहाँले जानकारी दिनुभयो । 

हिउँदे मौसम शुरु भएदेखि अन्त्य नहुन्जेलसम्म पश्चिमका उडान अनियमित भइरहने भएकाले पुसदेखि फागुन महिनासम्मको तीन महिनाको अवधिमा विभिन्न गन्तव्यमा पुग्न हवाई यात्रा गर्नुपर्ने यात्रुलाई सास्ती हुने गरेको उहाँले बताउनुभयो । 

आजभोलि कहिलेकाहीँ मात्र उडान हुने भएकाले जुफाल विमानस्थलमा दिन प्रतिदिन यात्रुको चाप बढ्दै गएको उहाँले बताउनुभयो । 

डोल्पा, जुम्ला, हुम्लालगायतका जिल्लामा हिमपातसँगै चिसो बढ्ने भएकाले यतिखेर कर्णालीका सबै विमानस्थलमा जाडो छल्न तराई झर्ने सर्वसाधारणको चाप बढ्ने गर्छ । 

उडान अनियमित भएपछि बिरामी, विद्यार्थी मर्कामा परेका छन् भने कतिपय सर्वसाधारण हप्ताँै जहाज कुरेर पनि हवाई टिकट पाउने सम्भावना कम देखेपछि जोखिम मोल्दै पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न बाध्य भएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ