१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलो सरकारबाट कल सेन्टर शुरु

३ पुष २०७४, सोमबार ०७:५३

पुस ३, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । 

यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । 

हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उहाँले बताउनुभयो । 

सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्ने छन् । यसरी राखिएका गुनासोलाई तुरुन्तै त्यहाँका कर्मचारीले कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पु¥याउने छन् । 

कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था रहेको छ । कल सेन्टर शुरु भएपछि जो कोहीले पनि जिस्किएर हेलो सरकारको ११११ नम्बरमा फोन नगर्ने कर्मचारी रुपक अर्यालले बताउनुभयो । 

“पहिले जसले पनि ११११ मा फोन गरेर जिस्काउने गरेका थिए”, उहाँले भन्नुभयो, “तर अहिले उक्त नम्बरमा फोन गरेपछि नेपाली र अंग्रेजी भाषा छनोट गर्ने भनेपछि धेरैले फोन नगर्ने गरेका पाइएको छ ।” 

अहिले तीनवटा ठाउँबाट कल सेन्टर शुरु गरिएको छ । बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन् । 

विसं २०६८ कात्तिक १७ गतेबाट शुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरबाट पनि गुनासो लिने गरिएको छ ।  शाखा अधिकृत कोइरालाका अनुसार अहिले दैनिक १५ वटासम्म कल सेन्टरमा गुनासो आउने गरेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ