३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

टिएमजे क्षेत्रको विकास र संरक्षणमा चासो नदिएको गुनासो

९ बैशाख २०७३, बिहीबार ११:५३

प्रकाश धौलाकोटी । तेह्रथुम, ९ बैशाख । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रका बासिन्दाले त्यस क्षेत्रको संरक्षण, संवद्र्धन र विकासकालागि सरोकारवालाहरुले चासो नदिएको गुनासो गरेका छन् ।

आफुहरुले त्यहाँको गुराँसे बन, जडीबुटी र अन्य प्राकृतिक पर्यावरणको संरक्षणमा चासो दिइरहेको भएपनि सम्बन्धित निकायहरुको वेवास्ताका कारण सोचजति बिकास हुन नसकेको उनीहरुको भनाइ छ । संखुवासभाको नुनढाकीस्थित गुफा बजारमा बिहीबार आयोजित तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रको जैविक विविधता तथा पर्या–पर्यटन विकास र संरक्षण सम्बन्धीे अन्तरक्रियामा सहभागी स्थानीयले यो क्षेत्र तीन जिल्लाको संगममा परेकै कारण उल्लेख्य सम्भावना भएपनि विकास हनु नसकेको बताएका हुन् ।

ग्रामीण पुनःनिर्माण नेपालले समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस क्षेत्रको संरक्षणमा सबैले उत्तिकै जिम्मेवारी बहन गर्नुपर्ने स्वीकार गरेका छन् । तेह्रथुम, सखंवासभा र ताप्लेजुङका सम्बन्धित सरकारी, गैरसरकारी क्षेत्र तथा संघसंस्था सहभागी कार्यक्रममा तेह्रथुमका जिल्ला बन अधिकृत देवीचन्द्र पोखरेलले दश वर्षे तीनजुरे मिल्के जलजले विकास योजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संखुवासभाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यता, तेह्रथुमका स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीको विशेष आतिथ्यता तथा परियोजनाका व्यवस्थापक बमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

\यी तीन जिल्लाका २५ गाविस समेटिएको संरक्षण क्षेत्रमा संसारमा पाइने ३२ प्रजाति मध्ये २८ प्रजातिका गुराँस फुलेका छन् । यो क्षेत्रको गुराँसे बनको अवलोकन गर्न तथा प्राकृतिक मनोरम दृश्यको अवलोनक गर्न वर्षेनि लाखौँको संख्यामा पर्यटकहरु आउने गरेका छन् । तर पर्यटकहरुको आगमनसँगै बस्ती विकास र पछिल्लो समय देखिएको जलवायु परिवर्तनको असरका कारण भइरहेको पर्यावरणीय परिवर्तनका कारण गुराँसे बनको फँडानी, जडीबुटीको चोरी सिकारी, फोहोर व्यवस्थापन लगायत विषयमा चुनौती देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’