१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

३० पुष २०७४, आईतवार १२:२४

पुस ३०, संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । 

सदरमुकाम खाँदबारीबाट भुतखोला जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप गढीबजार नजिकै दुर्घटनामा परेको हो ।

माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा भएको दुर्घटनामा परी मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । 

उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिबराज जोशीका अनुसार उक्त गाडी काठमाडौंबाट गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी टोलीसहित सवार थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने