मालिका कालिका यातायात प्रालीको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भा"/>
मालिका कालिका यातायात प्रालीको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भा"/>
माघ ८, काठमाडौँ । रुकुमबाट दाङ घोराहीका लागि छुटेको यात्रुवाहक बस सल्यानको वेणी–६, भाटखोलामामा दुर्घटना भएको छ ।
मालिका कालिका यातायात प्रालीको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भाटाखोला दुर्घटना हुँदा हुँदा ३ जनाको मृत्यु भएको छ भने २० बढी घाइते छन् ।
बस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गाडीमा कति सवार थिए भन्ने खुलेकाे छैन । उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।
दुर्घटना के कारणले भएको हो भने खुल्न सकेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी ।