१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय जेलबाट ६ वर्षीय बालिकाको उद्धार गरी नेपाल ल्याइयो

१३ माघ २०७४, शनिबार ०५:५३

माघ १३, रुकुम । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ ।

जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए ।

उनकी आमा अनिता कामी पाँच वर्षअघि लागूऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा कारागार परेकी थिइन् । भारतीय अदालतको फैसलानुसार कामीले कारागार भुक्तान गर्न अब दुई वर्ष बाँकी छ ।

अनिता कारागार परेपछि परिवारको सम्पर्कबाट बिच्छेद भएकी थिइन् । करिष्माका बुबाको एक वर्ष पहिले मृत्यु भएको थियो । कारागारमा रहेकी कामीले आफ्नो श्रीमानको मृत्यु भएको समेत थाहा नपाएको बालिकालाई उद्धार गर्न पुगेका बाल अधिकार अधिकृत ओलीले बताए ।

बालिकालाई कारागारमा असहज भएको र भारत सरकारले छ वर्षभन्दा बढी उमेरका बालबालिकालाई कारागारमा राख्न नमिल्ने जनाएपछि भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था डिहातमार्फत बालकल्याण समितिसँग इमेलमार्फत पत्राचार गरिएको थियो ।

अहिले बालिकालाई प्रारम्भिक बालविकास केन्द्र काठमाडौँमा पठनपाठनका लागि राखिएको ओलीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार