२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोटबिरुवाको पनि डिएनए परीक्षण

२० माघ २०७४, शनिबार ०९:३१

सञ्चिता घिमिरे/माघ २०, ललितपुर । मानिस र जनावरको जस्तै बोटबिरुवाको पनि डिएनए परीक्षण शुरु भएको छ । 

खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान९नास्ट० ले बोटबिरुवाको फूल, पात बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको हो । 

वनस्पतिमा रहेको आशिंक गुणका आधारमा परीक्षण गर्न थालिएको नाष्टमा कार्यरत वैज्ञानिक डा रामचन्द्र पौडेलले बताउनुभयो । “लोपन्मुख जातीको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि यसले सहयोग गर्छ,” उहाँ भन्नुभयो, “अव्यवस्थित संकलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्न सक्दा मात्रै त्यो रोक्न सकिन्छ ।” दिगो उपयोगका लागि नीति बनाउन सहयोग पुग्ने पनि वैज्ञानिक डा पौडेलले बताउनुभयो । 

विभिन्न देशहरुले आफूसँग भएका वनस्पतिको प्रजातिसहितको विवरण इन्टरनेटमा हालेका छन् । “परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ, त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिन्छ, केही गुण धेरै वटासँग मिल्न सक्छ,” उहाँले भन्नुभयो, “सबै भन्दा बढी गुण जुनसँग मेल खान्छ, त्यो वनस्पति त्यही हो भनेर चिनिन्छ ।” 

बर र पिपलमा खुल्ला आँखाले देख्दा कतिपय समानता देखिन्छ । प्रयोगशालामा समेत कतिय गुण मिल्ने उहाँले बताउनुभयो । यसलाई इन्टरनेटमा राखिएको बिरुवासँग भिडाउदा मात्रै त्यसमा भएको फरक गुण पत्ता लाग्छ । वनस्पतिको स्वरुप परिवर्तन हुँदा खुल्ला आँखाले नछुटाउने भए पनि डिएन परीक्षणबाट त्यो छुटाउन सकिने डा पौडेलको भनाई छ । 

उहाँले भन्नुभयो, “बोटबिरुवाको धुलो बनाउदा नाङ्गो आँखाले के हो भन्ने छुटिन्न तर परीक्षणबाट छुटाउन सकिन्छ ।” सबै वनस्पतिमा केही गुण अंशसँग मिल्ने खालको भए पनि कतिपय गुण अरु भन्दा भिन्दै हुने डा पौडेल बताउनुहुन्छ । यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनका लागि परीक्षणले सहयोग गर्छ । यसले यस बिषयमा अध्ययनरत विद्यार्थी र विज्ञलाई समेत सहयोग पुगेको छ । 

“यो परीक्षणले विभिन्न किसिमका वनस्पतिका विषयमा अध्ययनरत विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरुसँग मिल्ने गुणका बारेमा समेत अध्ययन गर्न पाएका छन्,” उहाँले भन्नुभयो । लोपोन्मुख जातका र नेपालमा मात्रै पाइने जातका बोटबिरुवाको समेत डिएनए परीक्षण भइरहेको डा पौडेलले बताउनुभयो । यसअघि रेकर्ड९इन्टरनेट० मा नभएका बोटबिरुवाको नयाँ कोड९संकेत० दिइने गरिएको थियो । 

उहाँले भन्नुभयो, “प्रयोगशालामा परीक्षण गरेर इन्टरनेटमा भिडाउदा तीसँग गुण नमिल्ने भनेको हाम्रोमा मात्रै पाइने बोटबिरुवा हो ।” यसरी नयाँ बिरुवाको डिएनए परीक्षण गरेर इन्टरनेटमा हाल्दा विदेशीलाई समेत त्यसबारे बुझ्न सहज हुने डा पौडेलको दाबी छ । 

डिएनए गरेर अरुसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमा मात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नास्टका विज्ञान शाखा प्रमुख जयश्री सिजापतिले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भएका बिरुवाको प्रकार बुझ्नसमेत अनुसन्धानले सहयोग गर्छ ।” सरकारले लोपन्मुख भनेर सूचीकृत गरेका २२ प्रकारका बोटबिरुवामा केन्द्रीत भएर काम गरिरहेको प्रमुख सिजापतिले बताउनुभयो । 

यसअघि मान्छेको र जनावरको मात्रै डिएनए परीक्षण हुने गरेको थियो । नास्टअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले अघिल्लो वर्षबाट मात्रै जनावरको डिएनए शुरु गरेको हो । 

अदालतमा मुद्दा परेपछि अनुसन्धानका लागि जनावरको डिएनए परीक्षण हँुदै आएको छ । नास्ट आफैँले भने अध्ययन गरेर नयाँ कुरा पत्ता लगाउनका लागि जनावरको डिएनए गर्दैआएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य