२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीका सम्पर्कविहीन खरेल लुकेर बसेको खुलाशा

५ फाल्गुन २०७४, शनिबार ०२:३९

फागुनब ५, नवलपरासी (रासस) | झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), गैडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफँै भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । 

खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिनुभयो । खोजतलासका क्रममा खरेलले मोबाइल प्रयोग नगरे पनि फेसबुक अनलाइनमा आउने गरेका कारण त्यसको स्थान भारतमा देखिएको अनुसन्धानका क्रममा थाहा हुन आएको हो । भारतीय प्रहरीको सहयोगमा प्राप्त सूचनानुसार गोरखपुरमा रहेको सुन्दर गेस्ट हाउसमा समेत खरेलले रात बिताएको अनुसन्धानका क्रममा खुल्न आएको छ । 

गत माघ २२ गते खरेलको स्थानीयवासी युवतीसँग विवाह गर्ने तय गरिएको थियो तर उनी विवाहको अघिल्लो दिन राति एकाएक बेपत्ता भएका थिए । बेपत्ता खरेलको खोजी गरिदिन खरेलका दाजु गुरुप्रसादले हुलियासहितको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएपछि खोजतलास अगाडि बढाउने क्रममा यस्तो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । 

खरेल बसेको होटेलको अभिलेख हेर्दा फेला परेको परिचयपत्रको फोटोकपी, होटलका कामदारको भनाइका साथै प्राप्त सिसीटिभी भिडियो फुटेजअनुसार खरेल सुरक्षित रहेको प्रहरीले जनाएको छ । विवाह हुने भनेर मिति तोकिएपछि एकाएक बेपत्ता भएका खरेललाई जतिसक्दो चाँडो ल्याएर आवश्यक कारवाही अगाडि बढाउनुपर्ने माइती पक्षले प्रहरीसमक्ष माग गरेको छ । खरेललाई तत्काल नेपाल ल्याइने प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य