बाग्लुङ बडिगाड १० निगलपानीमा डोजरमाथी दुङ्गा खस्दा दुईको मृत्यु !

Posted on: 06 Mar, 2018

फागुन २२, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा ( डाेजर) माथी दुङ्गा खस्दा चालक र सह - चालकको घटना स्थलमै  मृत्युु भएकाे छ। 

ईलाका प्रहरीकार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसेको बताएकाे छ  ।

 मृत्युु हुनेमा डाेजरका चालक  तमानखाेला गाउँपमलिका - ५ खंखानी बर्ष ३२ काे प्रेम श्रीपाली र ढाेरपाटन नगरपालिका -४ खंुगा बर्ष ३२ कै गिर प्रसाद फगामी रहेकाे रानाले बताए  ।

दिउसाे ३ बजेकाे समयमा गंगरे हुदै भिमगिठे जाेड्ने माेटर बाटाे खन्दै गरेकाे अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा साे दुर्घटना भएकाे प्रत्यक्षदर्शीले  बताएको छ।

रानाकाे अनुसार डाेजर सगै रहेका सह - चालक फगामीकाे शव निकालिएपनि चालक श्रीपालीकाे शव भने पुरिएकाले मेसिन ल्याएर मात्र  निकालिने  बताए । शव निकालेपछि  बुर्तिबाङ स्वास्थ्य केन्द्रमा पाेस्माटमका लागिने उनले बताए । - बिमल खड्काको सहयोगमा   

यस बिषयमा तपाइको प्रतिक्रिया...!