२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विपद पछिको शैक्षिक उत्तरदायित्व विषयक अभिमुखीकरण सम्पन्न

२०७२, २० आश्विन बुधबार ०९:१०

असोज २०, पर्वत । विपद पछिको शैक्षिक उत्तरदायित्व विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम मंगलवार कुश्मामा सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) सँगको सहकार्यमा जिल्ला सञ्जाल पर्वतको आयोजनामा हालैको भूकम्पले शिक्षा क्षेत्रमा पारेको प्रभाव र अवको दायित्व विषयमा आधारित भएर छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कार्यक्रमका सहभागीहरुले भुकम्प, बाढीपैरो, हावाहुरीजस्ता प्राकृतिक र युद्ध, आगजनी, महामारीजस्ता मानवसिर्जित प्रकोपबाट बच्नका लागि पूर्व तयारी गर्नुपर्ने र क्षती न्यूनीकरणमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । जिल्ला सञ्जालका सदस्य, शिक्षक तथा अन्य सरोकारवालाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला सञ्जाल पर्वतका संयोजक तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारी ‘सरु’ले शिक्षा क्षेत्र आम मानिसहरुको सरोकारको क्षेत्र भएकाले विभिन्न खालका प्रकोप तथा विपदको जोखिमबाट शैक्षिक संस्था, विद्यार्थी, शिक्षक एवम् कर्मचारीलाई जोगाउन सबै क्षेत्रले चनाखो भएर भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो । खरेहा प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायण गिरीले यस प्रकृतिका चेतनामूलक कार्यक्रमहरु सबै शैक्षिक सरोकारवालाहरुका बीचमा पु¥याउन सके विपत्तिबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय मात्र सुरक्षित भएर हुँदैन बरु घरपरिवार र समुदायस्तरमा पनि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा निवृत्त शिक्षक समाजका एकनारायण चालिसे, राष्ट्रिय दलित विकास संस्थाका रामचन्द्र नेपाली, सीड नेपालका घनश्याम बसेल, खरेहा प्राविका शिक्षक रामु गिरी, चुडामणी शर्मा, भोजकुमारी शर्मा, नारायण उपाध्यायलगायतले आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

भुकम्प, बाढीपैरो, हावाहुरी, महामारीजस्ता प्रकोपहरुबाट सुरक्षित हुनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक भएको र पछिल्लो समयमा भुकम्पले शिक्षा क्षेत्रमा पु¥याएको क्षती र अबका दिनमा अपनाउनुपर्ने होशियारीका बारेमा सरोकारवालाहरुका बीचमा जानकारी प्रदान गर्दै अन्तरक्रिया गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जिल्ला संयोजक राजेन्द्र पहाडीले बताउनुभयो । कार्यक्रममा प्रकोप न्यूनीकरण, व्यवस्थापन र रोकथामका लागि अन्य देशहरुले अवलम्वन गरेका उपाय तथा नेपालले चालेका कदमहरुका बारेमा श्रब्यदृश्य सामग्रीहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण