२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा यात्रुवाहक बस दुर्घटना …

२७ फाल्गुन २०७४, आईतवार १०:३२

फागुन २७, नुवाकोट | नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा१ख ६५१९ नंको लोकल बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २:३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बे्रक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस्तै आज नै त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ७९८ नं को बसको ठक्करबाट बट्टारमा पैदलयात्री विदुर नपा–३ फिर्केपका ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ । 

आज नै बेलकोटगढी नपा–७ कल्चडीस्थित गल्छी त्रिशूली सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको वा३ख ६६६७ नंको टिपरले गल्छी त्रिशूली सडकखण्डको कल्चेडीमा वा७०प ४४२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–९ कोलोनीका तिलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य