२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा यात्रुवाहक बस दुर्घटना …

२०७४, २७ फाल्गुन आईतवार १०:३२

फागुन २७, नुवाकोट | नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा१ख ६५१९ नंको लोकल बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २:३० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बे्रक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस्तै आज नै त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ७९८ नं को बसको ठक्करबाट बट्टारमा पैदलयात्री विदुर नपा–३ फिर्केपका ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ । 

आज नै बेलकोटगढी नपा–७ कल्चडीस्थित गल्छी त्रिशूली सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको वा३ख ६६६७ नंको टिपरले गल्छी त्रिशूली सडकखण्डको कल्चेडीमा वा७०प ४४२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–९ कोलोनीका तिलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै