चैत्र २१ काठमाडौं | साझा यातायातले रत्नपार्कदेखि वनेपासम्म बस सञ्चालन गर्ने तयारी गरेको छ ।
सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेका छन् । अरनिको यातायातका ११ समितीले वस रोकेपछि साझाले आफ्ना वस उक्त रुटमा चलाउने भएको हो । साझाले १६ वटा बसलाई बनेपासम्म सञ्चालन गर्न लागेको छ ।
साझाले यात्रुहरुको असुविधालाई ध्यानमा राखेर रत्नपार्कदेखि बनेपासम्म सेवा विस्तार गर्न लागेको वताइएको छ ।
विहिवारदेखि धुलिखेलसम्म साझाका वसहरु चल्ने भएका छन् ।
कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।
यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो ।
यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् ।