२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरण विपरीत काम गर्ने ५ उद्योग कारवाहीमा, कुन कुन परे ?

२१ चैत्र २०७४, बुधबार १०:४७

चैत २१, काठमाडौँ | वातावरण विभाग, कुपण्डोलले वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ । उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो । 

आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४÷७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, श्री हारती एग्रिगेट इन्डष्ट्रिज प्रालि शुक्ला गण्डकी नगरपालिका–२ (तनहुँ) र श्री विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र (काठमाडौँ) गरी पाँच वटालाई कारवाही गरेको जानकारी दिएको छ । 

प्रदेशगत रुपमा प्रदेश नं १ मा १२, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा ११, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा २० र प्रदेश नं ७ मा एक गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको अनुगमन भएको जानकारी विभागले दिएको छ । 

आव २०७२÷७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारवाहीको ७५ प्रतिशत) कारवाहीमा परेका थिए भने आव २०७३÷७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारवाहीमा परेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ