२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालश्रम अन्त्य नारामै सीमित

२९ चैत्र २०७४, बिहीबार ११:१०

सुशील दर्नाल/चैत २९ काठमाडौँ | विभिन्न राजनीतिक दल तथा सरोकारवाला संघ संस्थाको बालश्रम अन्त्य गर्ने नारा, नारामै सीमित भएको छ । 

विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक रुपमा भाषण र आफ्ना पार्टीका घोषणापत्रमा जतिसुकै बालश्रम अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेपनि बालश्रम ज्यूँका त्यूँ छ । केन्द्रीय बालकल्याण समितिको तथ्यांकअनुसार पछिल्लो चार महिनामा बालश्रमसम्बन्धी १४० वटा घटना घटेका छन् । 

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई हेर्दा यही मंसिर १ गतेदेखि फागुन मसान्तसम्म बालश्रमसम्बन्धी १४० वटा घटना प्रकाशमा आएका छन् । फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको पाइएको समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिनुभयो । घरेलु तथा होटलमा ४३ प्रतिशत (६० जना), इँटा उद्योगमा २६ प्रतिशत (३६ जना) र पढाइखर्च जुटाउन ३१ प्रतिशत (४४ जना) बालबालिका बालश्रमका रुपमा प्रयोग गरिएको पाइएको छ । 

उल्लेखित बालबालिकाअन्तर्गत बाजुराबाट ५५ जनालाई पढाइदिन्छु भन्दै काठमाडौँं लगायतका अन्य शहरमा घरेलु बालश्रमिकको रुपमा प्रयोग गरिएको समितिले जनाएको छ । जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका इँटा उद्योगमा अनुगमनका क्रममा १६ बालक र चार बालिकाको उद्धार गरिएको छ । 

पढाइखर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई हेर्दा सल्यानमा बालुवा संकलनमा १६ बालक र आठ बालिका, मकवानपुरमा आठ बालबालिका राजमार्गमा लालिगुराँस बेच्दै, गोरखामा ६ बालबालिका भरिया तथा अन्य ६ जना खोटो संकलनमा संलग्न रहेको पाइयो । 

बालश्रमिकको रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत (७९जना) र बालिका ४४ प्रतिशत (६१ जना) रहेका छन् । “उमेर समूहका आधारमा १० वर्ष वा सो भन्दामुनीका ११ जना, ११ देखि १४ वर्षको ४४ जना र १५ देखि १८ वर्षका ८५ जना रहेका छन्,” ¬निर्देशक धितालले भन्नभयो । 

आव २०७४÷७५ को प्रथम चौमासिक (साउनदेखि कात्तिक) मा १३ वटा बालश्रमसम्बन्धी घटना भएका छन् भने मंसिरदेखि फागुनसम्ममा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका छन् । यसबाट बालश्रमको संख्यामा वृद्धि भएको देखिन्छ । 

नेपाल सरकारले संयुक्त राष्टसंघको बालअधिकार सम्बन्धी महासन्धी सन् १९८९ लाई अनुमोदन गरेपछि बालअधिकारप्रति सचेत हुँदै बालश्रम (निशेध र नियमन गर्ने) ऐन २०५६ जारी गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । चौध वर्ष उमेर नपुगेका बालबालिकालाई भने कुनै पनि स्वरुपमा श्रमिकका रुपमा काममा लगाउन नहुने व्यवस्था छ । 

समितिले बालयौन दुव्र्यवहार र बलात्कार, बालबालिकाको हत्या र मृत्यु, बालविवाह, बालबालिकाको ओसारपसार तथा बेचबिखन, गर्भपतन, कुपोषण, शारीरिक सजाय र अपहरणलगायत विषयमा समेत अध्ययन गरेको छ । 

त्यसैगरी समितिले निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधन (बस, मिनिबस, माइक्रोबस, टेम्पो, ढुवानीका साधन)लाई बालश्रममुक्त बनाउने अभियान समेत सञ्चालन गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ