2026-06-20 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालभरका ८ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान, कुन कुन परे ?

2018-04-17

वैशाख ४ काठमाडौँ | नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । 

नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्योग नवलपरासी र मारुती ग्यास सुनसरी रहेका छन् । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उत्पादन र गुणस्तरसम्बन्धी आवश्यक कागजात पूरा गरेका ग्यास उद्योगलाई गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिनुभयो । विभागले गत पुसमा गुणस्तर चिह्न नलिएका ग्यास उद्योगमाथि निगरानी बढाएपछि गुणस्तर चिह्न लिने उद्योगको संख्यामा वृद्धि भएको महानिर्देशक पुडासैनी बताउनुहुन्छ । 

कोशी ग्यास र रिजल्को ग्यास मोरङ, श्रीराम ग्यास, ओम ग्यास, भानु ग्यास र गीता ग्यास धादिङ, जगदम्बा ग्यास, नेपाल ग्यास नारायणी र अम्बर ग्यास बारा, मनकामना ग्यास नेपालगञ्ज, सगरमाथा ग्यास, सूर्य ग्यास र चन्द्रेश्वरी ग्यास काभ्रे र पञ्च महालक्ष्मी ग्यास तथा त्रिशूल ग्यास रुपन्देही गुणस्तर चिह्न लिने अन्तिम चरणमा रहेका छन् । 

यसैगरी विभागले नोबेल ग्यास धनुषा, नमिते ग्यास, सिद्धार्थ ग्यास, काब्सन्स ग्यास र सत्यनारायण ग्यास धादिङ, गौरीशंकर ग्यास काभ्रे, सिद्धार्थ ग्यास र बुटवल ग्यास रुपन्देही, नारायणी ग्यास, उग्रचण्डी ग्यास, बाबा ग्यास चितवन, आरती ग्यास, राजधानी ग्यास नवलपरासी, एभरेष्ट ग्यास काठमाडौँ, गृहलक्ष्मी ग्यास र शक्ति ग्यास कास्कीलाई अनुगमन गरी गुणस्तर चिह्न लिन आग्रह गरेको छ । 

यसैगरी पाथिभरा ग्यास, पराजुली ग्यास, कन्काई ग्यास र मेची ग्यास झापा, त्रिवेणी ग्यास धादिङ, सुगम ग्यास र प्रिमा ग्यास सुनसरी, साहरा ग्यास मकवानपुर, भेरी ग्यास नेपालगञ्ज, सुपर ग्यास, लियो ग्यास बारा, रोयल ग्यास धनगढीलाई पनि गुणस्तर चिह्न लिन आग्रह गरेको छ । विभागले राप्ती ग्यास उद्योग दाङमा भने अहिलेसम्म अनुगमन गरेको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल