2026-06-20 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरोही पत्रकारलाई कामपाबाट रु २५ लाख सहयोग

2018-04-17

वैशाख ४ काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । 

कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफैंसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने बताउनुभयो । 

आरोहण टोली प्रमुख रोजित वुद्धाचार्य(नेपाल टेलिभिजन)ले फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवद्र्धनमा सक्रिय रहने बताउनुभयो । 

आरोही अन्य महिलामा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई हुनुहुन्छ । आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ । 

आरोहणका क्रममा महानगरको खड्गांकित झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्शा चुचुरामा पुर्याइनेछ । उहाँहरुको आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ । 

‘समानताका लागि बुलन्द आवाज’ नारा लिएर उहाँहरु आरोहणमा जान लाग्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल