2026-06-20 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

2018-04-17

वैशाख ४ काठमाडौँ | केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । 

विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या हट्ने छ । 

स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामवली विभागले सञ्चालन गरेका प्रणालीमा राख्नेछन् र त्यही नामकाआधारमा विभागले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ । ‘‘सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता हुने गरेकाले प्रणाली शुरु गरेका हौँ”, उहाँले भन्नुभयो,‘‘प्रणालीमा राखिएका नामका मानिस मात्रले भत्ता पाउने छन् जसले गर्दा दोहरिने समस्या हटेर व्यवस्थित रुपमा भत्ता वितरण हुनेछ ।’’ 

अहिले एक सय ३७ नगरपालिका र दुई सय ८५ गाउँपालिकाका एक हजार ४५८ वडाले सूचना प्रणालीअनुसार भत्ता विवरण गरिरहेको उहाँले बताउनुभयो । ती वडाका २२ लाख ४४ हजार ६६७ जनालाई सूचना प्रणालीमा आबद्ध गरिएको छ । उहाँले आगामी आर्थिक वर्षमा ७५३ स्थानीय तहलाई सूचना प्रणालीमा राखेर भत्ता वितरण गर्ने तयारी भइरहेको बताउनुभयो । 

अहिले सूचना प्रणाली सञ्चालन गर्नका लागि स्थानीय तहका कर्मचारीलाई तालीम दिइँदैछ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समय विसं २०५१ मा सुरक्षा भत्ता शुरु भएको हो । अहिले ७० वर्ष उमेर पुगेका, कर्णाली र दलितका ६० वर्ष उमेर पुगेका, विधवा तथा कर्णाली, दलित, लोपोन्मुख बालबालिकालगायतले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल