२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो’

२०७५, ७ बैशाख शुक्रबार ०७:३०

वैशाख ७ काठमाडौँ | उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको ¥याली’मा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समाज रुपान्तरणका लागि प्रहरीको सेवाले मात्रै नपुग्ने भन्दै यसमा आम समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो । 

परिसरका प्रमुख पोखरेलले महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बसपार्क क्षेत्रमा दिनहुँ मानव बेचबिखन र यौनजन्य दुव्र्यवहार बढ्दै गएको भन्दै यसलाई रोक्न नगरपालिका प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष शैलेश कार्कीले महिलामाथि हुने यौन हिंसा कमी गर्दै समाज रुपान्तरणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । 

प्रभागका प्रमुख प्रताप पौडेलले मानव बेचबिखन र यौनजन्य घटना रोक्न प्रभागले गोङ्गबु क्षेत्रमा रहेर महिलाको हकहितमा काम गर्ने संघसंस्थासँग समन्वय गरी संयुक्त ¥याली सञ्चालन गरेको स्पष्ट पार्नुभयो । 

र्यालीमा मित्रनगर टोल विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, संस्कार समाज नेपाल, धनेश्वरी आमा समूह, महिला उपकार समाज सुधार मञ्च, समाज उत्थान महिला मञ्च, महिलाका लागि महिला मञ्च, शक्ति समूह गोङ्गबु, जनकल्याण सामाजिक केन्द्र, सयपत्री आमा समूह, स्वेत सदन बोर्डिङ स्कूललगायत संघ संस्थाका झण्डै एक हजार जनाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन