२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि मनोनयनको समय थप

७ बैशाख २०७५, शुक्रबार १०:४७

वैशाख ७ काठमाडौँ | नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । 

यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिनुभयो । 

उम्मेदवारप्रति दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय शनिबारका लागि निर्धारण गरिएकामा सो कार्य सोमबारका लागि निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । 

अध्यक्षको नेतृत्वमा गठन हुने प्रदेश समितिमा उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय कार्यसमिति रहने छ । 

प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले समझदारी कायम गरी निर्वाचनमा भाग लिन लागेको भन्दै त्यसको विरोध स्वरुप क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाजले महासंघका कार्यालयहरुमा आज तालाबन्दी गरेको छ । 

तालाबन्दी भए पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सबै ठाउँमा उत्साहजनक रुपमा मनोनयन भइरहेको महासंघले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य