२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा वर्षदिनमा चट्याङ लागेर तीनको मृत्यु

७ बैशाख २०७५, शुक्रबार १५:२५

चिसाङ शेर्पा | बैशाख ७ खोटाङ | खोटाङमा एक वर्षमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । विभिन्न समयमा हावाहुरी मेघगर्जनसहित परेको चट्याङले गएको वर्षमा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार २०७४ बैशाख २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४३ वर्षीय शेर बहादुर कट्वाल, गत चैत्र २१ गते सोही नगरपालिका–२ सोल्मा ओखरबोटका ६२ वर्षीय सम्बर वहादुर दाहाल र साकेला गाउँपालिका–२ रतन्छाकी ५५ वर्षिय वाल कुमारी खत्रीको एकै दिन मृत्यु भएको थियो । 

गएको वर्षमा विभिन्न समयमा चट्याङ लागेर घाईते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी ७ वर्षीय सुस्मिता खत्री, ७ वर्षीय सुस्मा खत्री, लफ्याङकी ४५ वर्षीय प्रविना श्रेष्ठ र साकेला गाउँपालिका–२ रतन्छाका ६४ वर्षीय प्रेम वहादुर खत्री  उपचारपछि घर फर्केका छन् ।

यस वर्ष चट्याङकै कारण ओखलढुंगा घरभई शसस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेलमा कार्यरत जवान यूवराज वि.क अझै वोल्न नसक्ने गम्भीर अवस्थामा छन् । गत बैशाख ३ गते चट्याङ लागेका विकको जिल्ला अस्पताल दिक्तेलले काठमाण्डौ रेफर गरेकोे थियो । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १८ वर्षीय प्रेम बहादुर कट्वाल र रावावेशीं गाउँपालिका–१ कुभिण्डेकी ७५ वर्षीय चन्द्रमाया तामाङ घाईते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य