वैशाख १४ काठमाण्डौ | नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ |
विहिबार प्रतितोला ५९ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर प्रतितोला ५८ हजार ७ सयमा कारोबार भैरहेको छ | त्यस्तै विहिबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि घटेर आज प्रतितोला ५८ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
त्यस्तै चाँदी आज प्रतितोला ७ सय ६० रुपैंयामा कारोबार भैरहेको छ | विहिबार चाँदी प्रतितोला ७ सय ६५ मा कारोबार भएको थियो |