जेठ १७, दाङ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकाी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् ।
उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।
'खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु' वडाध्यक्ष सिद्दीकीले भने 'भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।'
कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ ।
अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए ।