२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लाको मानसरोवर कैलाश भ्रमणका क्रममा एक भारतीय तिर्थयात्रीको मृत्यु

२०७५, २३ जेष्ठ बुधबार १०:४५

रेशमराज रोकाया/जेष्ठ २३ हुम्ला | मानसरोवर कैलाश तिर्थस्थल भ्रमण गर्ने क्रममा एक जना भारतिय तिर्थ यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको चेन्नेई तमिलनाडुका वर्ष ६१ का पुरोसोत्तम प्रभाकरण रहेको बुझिएको छ ।


चिनको मानसरोवरबाट कैलाश दर्शनको क्रममा घोडामा चढेर परिक्रमा गर्ने क्रममा घोडाबाट लडेर घाईते भएका प्रभाकरणउपचारको क्रममा चिनको ताक्लाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, हुम्ला स्रोतले जनाएको छ । 

भारतिय तिर्थ यात्रीको अक्सिजन कमीको कारण यस अघि एक जनाले ज्यान गुमाईसकेका छन् । 

नेपालको सम्राट ट्राभल एजेन्सीको सहकार्यमा मानसरोवर कैलाश भ्रमणमा आएका प्रभाकरणको शवलाई दिउसो ३ बजेर २० मिनेटमा सिमिकोट विमानस्थल कैलाश हेलिकोप्टरले उद्धार गरेको थियो ।

 सिमिकोटमा प्रहरी मुचुल्कापछि परिवारको जिम्मामा लगाउनको लागि शवलाई नेपालगञ्ज विमानस्थल पठाईएको थियो । बाँकेको रुपैडिया नाका हुँदै भारततर्फ पठाउनको लागि पहल गरिने सम्राट ट्राभल एजेन्सीका हुम्ला प्रतिनिधी रिन्जिन दोर्जी लामाले बताउनुभयो ।


भारतिय नागरिकलाई छोटो र आरामदायी तिर्थ यात्राको लागि हुम्लाको सिमिकोट हुँदै नेपाल चिन सीमा हिल्सा सम्म हेलिकोप्टर र हिल्साबाट गाडीमा चिनको मानसरोवर कैलाश तिर्थयात्रा गराउनको लागि सहज मार्ग मानिएको छ । रहेक वर्ष यही मार्ग भएर भारतिय र नेपाली तिर्थयात्री हजारौंको संख्यामा यही मार्ग प्रयोग गरी तिर्थयात्रा गर्ने गरेको छन् । यसै वर्ष कैलाश यात्राको लागि भारतिय नागरिक मात्र ३ हजार ५ सय ७५ जनाले यो मार्ग हुँदै तिर्थयात्रा गरिसकेको छन् ।

हुम्लामा भारतिय तिर्थ यात्रीको लागि मात्र लक्षित गरी १० वटा भन्दा बढी होटेलले सेवा दिईरहेका छन् । नेपालगञ्ज विमानस्थलसम्म हवाई मार्ग वा सडक मार्गबाट आउने गरेको तिर्थ यात्री नेपालगञ्जबाट विमान प्रयोग गरी सिमिकोट, सिमिकोटबाट हेलिकोप्टर हुँदै हिल्सा सम्म पुगे पछि मानसरोवर कैलाशको लागि चिन सिमा पुग्ने गरेका छन् । करिब ७ वर्ष अघि देखी नेपालकै अति राम्रो र सहज मानिएको यो मार्गमा हाल हवाइ मार्ग प्रयोग गरी सहज तवरले तिर्थ यात्रा गर्न पाईने भएकोले भारतिय नागरिकको पहिलो रोजाई यहि मार्ग हुँदै आएको छ ।

एक्कासी कम उचाईबाट सिमिकोटको २ हजार ५ सय मिटरमा आउँदा लेक लाग्ने र अक्सिजनको मी हुने समस्या हुने गरेको छ । ट्राभल एजेन्सीले त्यस्तो खतराबाट तिर्थयात्रीलाई जोगाउनकाो लागि अक्सिजनको व्यवस्था समेत गरिएको छ । सिमिकोट अस्पतालले मानसरोवर कैलाश तिर्थसात्रीको लागि स्वास्थ्य परिक्षण गर्नको लागि एक स्वास्थ्य टोली सिमिकोट विमानस्थलमा नै खटाएको छ । सामान्य औषधोपचारको लागि अस्पतालले विमनस्थलको सेवा केन्द्रबाट उपचार दिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै