२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी बचाउ अभियान’ अप्ठ्यारोसँग जुध्दै डिएसपी पन्त

२०७३, १४ बैशाख मंगलवार ०२:४२

ganga pantaदेशका सर्वोच्च पदहरु महिलाले भरिभराउ हुँदा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पन्त यतिबेला कालीगण्डकी बचाउ अभियानका अप्ठ्यारासँग जुध्दै आइरहनु भएको छ । प्रहरी प्रमुख डिएसपी पन्त मात्र होइन यतिबेला समग्र पर्वत र छिमेकी जिल्लाका नागरिक समाज, आम पत्रकार र सर्वसाधारण ‘कालीगण्डकी बचाउन अभियान’ को नारा दिँदै नदी दोहन गर्नेहरुका विरुद्ध ऐक्यवद्धता जनाइरहेका छन् ।

जिल्लामा पहिलो महिला प्रहरी प्रमुखको रुपमा पन्त आएदेखिनै धौलागिरिको प्रवेशद्वारको रुपमा परिचित पर्वत जिल्लाको समग्र सुरक्षा चुतौतिसँग मजवुत तवरबाट मुकाविला गरिरहेकी छन् ।  लैगिंक हिंसा, राजमार्ग अपराध, बालबालिका बिरुद्ध हुने अपराध, श्रृङ्खलावद्ध दुर्व्यवसन, प्राकृतिक सम्पदा उत्खनन्का दृष्टिले चुनौतिपूर्ण रहँदै आएको पर्वतमा पन्तको आगमनसँगै सर्वसाधारणले  राहातको सास फेर्न पाएका छन् ।  सर्वसाधरण एवं महिलाहरुको प्रहरी कार्यालयमा सहज पहुँचको सृजना भएको छ । हुने(खाने र पहुचवालाहरुको बिगबिगी देखिने प्रहरी कार्यालयहरुमा दलालहरुको सञ्जाल तोडिएको छ ।

प्रहरी कार्यालयमा जाहेरी लेख्नका लागि आर्थिक हैसियतले नभ्याउने ब्यक्तिहरुका लागि निशुल्क जाहेरी लेखिदिने ब्यबस्थाको शुरुवात गरिएको छ । कालिज, लोकल कुखुरा र मदिरा सेवनमा लठ्ठीएर जुवाका खालमा रमाउने प्रहरी प्रमूख एवं प्रशासकहरु उनैका कारण खुलेआम उक्त कार्य गर्ने हिक्मत गर्न समेत सक्दैनन् । सर्वसाधरणको समस्या बुझ्न र चेतनामूलक कार्यगर्न उनी गाँउ(गाँउ जाने उनको निश्पक्ष रुपमा सेवा प्रदान गरेकै कारणबाट सर्वसाधरणहरुले श्रृँदापूर्वक नाम लिने गरेको पाईन्छ ।

‘देशले नै सर्वोच्च तीन पद राष्ट्रपति, सभामुख र प्रधानन्यायधीशमा महिला नेतृत्व पाइरहेकै सुखद क्षणमा पर्वतबसीले भने यसअघिनै महिला प्रहरी प्रमुखको सुखद अनुभुति बटुलिसकेका छन् । यसले महिलालाई मात्र नभएर समग्र जिल्लालाई नै नयाँ उर्जा प्रदान गरेको स्थानीयहरु बताउँछन् । तर यो वा त्यो नाममा अपराधलाई प्रश्रय दिने ब्यक्तिहरुको हालीमुहाली हुने गरेको विगतलाई चिर्दै समग्र संगठनको छवि उच्च राख्न सफल भएपनि पर्वत जिल्लामा प्रनाउ पन्तलाई आफ्नै संगठनका पूरातन सोच भएका हाकिम र राजनीतिक वृत्तबाट काम गर्न त्यति सहजता नदिलाइएको जिल्लाको सुरक्षासँग जानकारहरु बताउँछन् । उनीहरु भन्छन्–‘प्रनाउ पन्तले सकारात्मक काम गर्दैगर्दा पनि जिम्मेवार अर्को निकायबाट अल्झन हुने र भाँजो हाल्ने काम भइरहेको छ, सरकारी निकायकै बीचको तालमेल नदेखिँदा विवादित हरेक ईस्यूमा राज्यको आँखा छल्नेहरु खेल्ने अवसर पाएक छन् ।

जसका कारण उहाँलाई समयमै सफलतामा पुग्न सोचेभन्दा बढी अप्ठ्यारासँग जुध्नु परेको हो । प्रलोभनमा नफस्ने भएकै कारणबाट गलतकाम गर्नेहरुले उनलाई प्रयोग गर्न नसक्दा संगठित रुपमा यस्ता मनसाय भएका ब्यक्तिहरुले कमजोर बनाउने प्रयत्न गर्दा समेत उनी हल्लिएकी छैनन् ।’ त्यतिमात्र होईन ’महिलालाई हौसला, प्रेरणा र उर्जा प्रदान गर्नुपर्छ भन्नेहरु नै बोलीमा एक र व्यवहारमा अर्को रुपमा देखाउन थालेपछि काममा थप चुनौति थपिएको  उनी मातहतका कर्मचारीहरु समेतको स्वीकारोक्ति रहेको छ ।  प्रनाउ पन्तको आगमनसँगै संगठित अपराध, महिला, वालवालिका, जुवा तास, लागू पदार्थ दुव्र्यशन र कुलत न्यूनीकरणको क्षेत्रमा जिल्ला थप सुरक्षित हुँदै गइरहेको भएपनि पवित्र कालीगण्डकी नदीको प्राकृतिक सौन्दर्यता बचाउँदै अवैध रुपमा भए गरेका नदीजन्य पदार्थ माथिको चलखेल रोक्ने मामलाको जुधाई अहिले अदालतसम्म पुगेको छ ।

यावत चुनौती का वावजुद पनि सर्वसाधारण, नागरिक समाज र पत्रकारसँगै रहेको यो अभियानमा प्र.ना.उ पन्तको भूमिका निर्णायक र गर्व गर्न लायक रहेको नदी छेउछाउका पीडितहरुको बुझाई रहेको छ ।  प्राकृतिक सम्पदा जोगाउँदै राज्यले दिएको सीमामा टेकेर उद्योगहरु संचालन दिनुपर्ने स्थानीयबासीको अनुरोधलाई आत्मसात गरेकी पन्त एक महिनाको अमेरिका भ्रमण गएको मौका छोपी जिविस पर्वतले व्यावसायीलाई थमाएको पछिल्लो पत्र धेरै शंकास्पद देखिएको छ । जिविसले प्रनाउ पन्त नभएको अवसर छोपी कालीगण्डकी नदीमा ह्युम पाइप राखेर नदीजन्य पदार्थ ओसार्न भनी दिएको पत्रबाट क्रसर व्यावसायी र जिविस पर्वतका बीचमा केही गम्भीर लेनदेन भएको त होइन ? पीडित सर्वसाधारणले गुनासो गरेका छन् ।

यस अघि तत्कालीन मुख्य सचिव लिलामणी पौडेल, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन दिनेश थपलियाको टोलीले क्रसरले राजमार्गलाई अवरोध पुर्याएको र पवित्र कालीगण्डकी नदीको वहाव परिवर्तन गराएको भन्दै उद्योगलाई नेपाल सरकारको नीति निर्देश अनुसार चल्न र सो नगरे बन्द गर्न निर्देशन दिएका थिए । नियम विपरित रहेका क्रसरहरुलाई प्रनाउ पन्त आएदेखिनै कडाइका साथ निगरानीमा राखेको भएपनि उहाँ नभएको बेलामा प्रशासन, जिविस र नेपाल सरकारका जिम्मेवार केही व्यक्तिहरुले विवादित पत्र व्यावसायीलाई थमाएपछि यो विषय अहिले सर्वत्र चासो र टाउको दुखाइको विषय बन्दै गइरहेको छ ।

क्रसरका विषयमा पहिल्यैदेखि विवादमा मुछिँदै आएको जिविस पर्वतले समेत दोहोरो चरित्र देखाउँदै कहिले कालीगण्डकीबाट नदीजन्य पदार्थ ननिकाल्न त कहिले नदीमै ह्युम पाइप राखेर नदीजन्य पदार्थ निकाल्न अनुमति दिइनुले जिविस पर्वत कै दोहोरो चरित्र छर्लङ्ग भएको छ भने आर्थिक चलखेल भएको त होइन भनेर शंका गर्ने ठाउँ उब्जाएको छ ।

कालीगण्डकी नदीको बहावै परिवर्तन गरी सम्पूर्ण प्राकृतिक सौन्दर्य नष्ट गरिएको र कानून र कानून ब्याख्या गर्नेहरुको प्रयोग गरी अझै यसबाट फाईदा लिने मनसाय राख्नेहरु सक्रिय भईरहेको अवस्थामा जिम्मेवार निकाय नै गैरजिम्मेवार बन्दै गएकोले स्थानीय नागरिक समाज, पत्रकार र सर्वसाधारणले ‘कालीगण्डकी बचाउ अभियान’को नारा दिँदै कालीगण्डकी नदी दोहनका विषयमा भइरहेका गतिविधिलाई नजिकबाट नियालीरहेका छन् .

भने प्रनाउ पन्त यस्ता प्रवृत्तिका विरुद्ध लडिरहने कुरामा कुनै आशंका नरहेको भए पनि उनका माथिल्लो निकायलाई प्रभावमा पारी उनलाई कमजोर बनाउन प्रयत्न गर्ने ब्यक्ति अझै चलाएमान हुने सक्ने कुराको आकलन गरी त्यस्ता कलुषित प्रवृती भएका माथिल्लो निकायका प्रहरी कमाण्डरहरुको हर्कतहरु बाहिर ल्याउनका लागि पत्रकार एवं नागरिक समाज लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो