४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-मे दिवस र मजदुर

२० बैशाख २०७३, सोमबार ०५:१०

अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अबसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरीम मनाइयो तर अझै पनि मे दिवस र त्यसले उठान गर्न खोजेका कुरा कागजमा मात्रै सिमित छन् । सरकारले मे दिवसका दिन औपचारिकताका लागि भएपनि सार्वजानिक विदा दिएको छ तर अझै पनि मजदुरहरुको हकअधिकारको संरक्षण हुन भने सकेको छैन ।“ आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १       तारिखमा अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाउने गरेता पनि ७ घण्टे अभियान भने नेपालमा लागु हुन सकेको छैन । लामो समयसम्म मजदुरले काम      गरेता पनि सोही अनुसारको ज्याला भने अझै मजदुरले पाउन भने सकेका छैनन् ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिता पनि सोही अनुसारको नीति भने कार्यन्वयन आउन सकेको छैन । विसं २०४६ को राजनीतिक परिवर्तनपछी नेपालमा यो दिवसमा सार्वजनिक बिदा थालिएता पनि विदामा मात्रै मे दिवस समिति भएको पाइन्छ । अझै पनि श्रमिकले आफ्ले काम गरे अनुसारको ज्याला पाउन भने सकेका छैनन् । जसका कारण मे दिवस श्रमिका लागि बाँदरको पुच्छर लौरो न हतिार जस्तै बन्न पुगेको छ । मे दिवसमा सरकारले सार्वजानिक विदा दिएता पनि काम नगरे बेलुका चुलो नबल्ने नेपालीको लागि पनि कागलाई बेल पाकेसरी भएको छ ।

राज्यले श्रमिकको श्रमको उचित मुल्यको व्यवस्थापन र उनीहरुको आर्थिक स्तर उकास्नको लागि आवश्यक जिविकोपार्जनका शिप, तालिको विकास नगर्ने हो भने मे दिवस केवल भित्ते क्यालेण्डरमा मात्रै सिमित हुने पक्का छ त्यसैले राज्यले श्रमिकको श्रमको उचित कदर हुने किसिमको ज्याला निर्धारण गरी उनीहरुको श्रमको सम्मान गर्दै बलियो नीति निर्माण     गरी कार्यन्वयनमा लगाउन सक्नुपर्दछ तब मात्र मे दिवसको सान्दर्भीकता रहेनछ अन्यथा एक दिन सार्वजानिक दिवस मनाउँदैमा र भाषणमा ठूलो      कुरा गर्दैमा  मजदुरको हकहित हुन सक्दैन जसका लागि आवश्यक पोलिसिको निर्माण     गरी कार्यन्वयन तहमा लैजान सक्नुपर्छ तब मात्र श्रमिक दिवस मनाउनको औचित्य पनि पुष्ठी हुन्छ । यसतर्फ सवैको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता