२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा बाढी गएको पाँच वर्ष पूरा, राज्यको ध्यान अझै पुगेन

३ असार २०७५, आईतवार ०९:४०

लोकेन्द्र प्रशाद जोशी/जेठ ३, दार्चुला । दार्चुलामा महाकाली बाढिले वितण्डा मच्याएको पाँच वर्ष पूरा भएको छ । दार्चुलाको लागि कालो दिनको रुपमा रहेको यो दिनलाई अहिले पनि स्थानीयले कालो दिनको रुपमा सम्झीरहेका छन । ०७० असार २ गतेबाट आएको महाकाली बाढिले दार्चुला जिल्ला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन भएको छ । पाँच वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । 


कहालिलाग्दो महाकाली बाढीले दार्चुलाका झण्डै डेढ सय घर परिवार तथा दर्जन बढि सरकारी कार्यालय बगाउँदा करोडौको धनमाल क्षति भएको थियो । जिल्ला बिपद् ब्यबस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार २ सय ७८ रुपैया बराबरको क्षती भएको थियो । सो बाढिमा परि २ जनाको ज्यान गएको थियो भने दर्जनौ परिवार बिस्तापित भएका छन् । 


पीडितहरुले तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपैयाँ राहत बाहेक केहि सुविधा नपाएको गुनासो गरीरहेका छन् । बाढिका कारण सडकमा आएका सयौ परिवारमध्ये केहिले ब्यबसाय गरेर जीबिकोपार्जन गरीरहेपनि धेरै अहिलेपनि समस्यामा रहेको बाढि पीडित केशवबहादुर पालको गुनासो छ । 

बाढि पीडितहरुले पुर्नस्थापनको माग राख्दै बाढी पीडित संघर्षसमिति गठन गरेर आवाज उठाएपनि हालसम्म सुनुवाई भएको छैन् । 

तत्कालिन नेपाल सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरुलाई बैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरेपनि कार्यान्वयन भएको छैन् । 


बंगाबगडको पारीपट्टी आएको खोतिला पहिरोको त्रासमा स्थानियलाइ रातीको समयमा निन्द्रा लाग्न छोडेको छ । तट्बन्ध पुर्ण रुपमा नबन्नु र भारतपट्टी डरलाग्दो पहिरो हुदा अझै बिपद्को उच्च जोखीममा आफुहरुको रहेको बंगाबगडबासीको दुखेको छ । 

महाकाली नदीमा बाढिपछि ५ बर्षमा निमार्ण सम्पन्न गर्नेगरी आर्थिक वर्ष ०७०।०७१ बाट शुरु भएको नदी नियन्त्रण आयोजनाले पाँच वर्षमा झण्डै ७५ प्रतिशत भौतिक प्रगति गरेको छ । हरेक वर्ष बजेट अभावका कारण भौतिक प्रगति सोचे अनुसार गर्न सकेको छैन् । कुल ३ अर्व ५ करोड ५७ लाख रुपैयाँ बजेट खर्च गरेर खलंगाको नमस्कारदेखि बंगाबगड लास्कुगाडसम्मको साढे चार किलोमिटर क्षेत्रमा १५ प्याकेजमा पक्की तडबन्ध निर्माण गर्ने लक्ष्यकासाथ काम भइरहेको छ । घरको तलपट्टी तटबन्ध निमार्ण सम्पन्न नहुदा बाढी, पहिरोको त्रासमा दिनरात बिताउँनुपरेको बंगाबगरबासी बताउँछन् ।

भारतिय पक्षले सहमति अनुसार खोतिला पहिरो नहटाएसम्म अझै खलंगा बिपद्को जोखीममा नपर्ला भन्न सकिन्न् । २०७० सालको घट्ना दोहोरीन नदिन समयमै कुटनितिक पहल गरेर भएपनि पहिरो हटाउँन सरोकारवालाहरुलाइ स्थानियको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला